काठमाडौं, २४ असोज । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।
आज अमेरिकी डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको छ। तर, अस्ट्रेलियन डलसहित कतिपय मुद्रा भने थोरै महँगिएका राष्ट्र बैंकले जनाएको छ।
आज अमेरिकी डलर १ को खरिदर १४१ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३६ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिदर १४१ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३८ पैसा थियो।
त्यसैगरि आज युरो १ को खरिदर १६४ रुपैयाँ ६७ पैसा र बिक्रीदर १६५ रुपैयाँ ३७ पैसा छ। हिजो युरो १ को खरिदर १६४ रुपैयाँ ८८ पैसा र बिक्रीदर १६५ रुपैयाँ ५८ पैसा थियो।
आज पाउन्ड स्ट्रलिङ १ को खरिदर १८९ रुपैयाँ ५८ पैसा र बिक्रीदर १९० रुपैयाँ ३९ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिदर १९० रुपैयाँ ०४ पैसा र बिक्रीदर १९० रुपैयाँ ८५ पैसा थियो।
आज अस्ट्रेलियन डलर १ को खरिदर ९३ रुपैयाँ ५० पैसा र बिक्रीदर ९३ रुपैयाँ ९० पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिदर ९३ रुपैयाँ १८ पैसा र बिक्रीदर ९३ रुपैयाँ ५७ पैसा थियो।
त्यसैगरि आज कुवेती दिनार १ को खरिदर चार सय ६४ रुपैयाँ ०३ पैसा र बिक्रीदर ४६५ रुपैयाँ ९९ पैसा छ। हिजो कुवेती दिनार १ को खरिदर चार सय ६४ रुपैयाँ ०९ पैसा र बिक्रीदर ४६६ रुपैयाँ ०६ पैसा थियो।
आज बहराइन दिनार १ को खरिदर ३७६ रुपैयाँ र बिक्रीदर ३७७ रुपैयाँ ५९ पैसा छ। हिजो बहराइन दिनार १ को खरिदर ३७६ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ६६ पैसा थियो।
यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।
वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ।
