काठमाडौँ, २ भदौ । सत्ता गठबन्धनको शीर्ष नेताहरुको बैठक आज बिहान १० बजे बालुवाटारमा बैठक बस्ने भएको छ । बैठक प्रतिनिधि सभा र प्रदेश सभाको आसन्न निर्वाचन र सिट बाँडफाँटलगायत विषयमा बैठक केन्द्रित हुने बताइएको छ । साथै सिट बाँडफाँट कार्यदलमा भएको छलफलको प्रगति विवरण पनि आजको बैठकमा पेस गर्ने तयारी छ ।
राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयकका सम्बनधमा पनि छलफल हुने भएको छ । सत्ता गठबन्धनले राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयक प्रमाणीकरणका लागि जस्ताको तस्तै पुनः राष्ट्रपतिसमक्ष पठाउने तयारी छ । आजको प्रतिनिधि सभा बैठकको कार्यसूचीमा सो विधेयक पारित गर्ने कार्यसूची समावेश छ ।







