मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
जग्गाजमिन वा स्थिर कारोबारका माध्यमबाट लाभ लिन सकिने छ । कला, कविता र साहित्यमा रूचि बढ्नेछ तथा यस क्षेत्रकै व्यवसाय छ भने राम्रो मुनाफासमेत हुनेछ । जीवनसाथी र परिवारका सदस्यहरूबाट अपेक्षित सहयोग एवं सद्भाव मिल्ने दिन छ, कुनै आर्थिक समस्या छ भने प्रयास गरेमा हल हुने समय हो । प्रसिद्धि र सम्मानमा बृद्धि हुनेछ, आज गुरुजन, विद्वान्, अनुभवी वा पण्डितहरूका साथमा घुलमिल गर्ने अवसर पाइने छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
महत्त्वाकाङ्क्षा र अदम्य उत्साह जाग्नसक्छ, याद गर्नुहोला, कल्पना गरेरमात्र केही पनि हुँदैन, प्रतिफल प्राप्त गर्न मज्जाले खट्नुपर्ने समय छ । रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइने छ । अनुभवको प्रयोग गरेमा ठोस उपलब्धि प्राप्त हुनेछ, प्रतिष्ठित जिम्मेवारी हातलागी हुने समय हो । इच्छानुसार काम सम्पन्न हुनेछ, कतै घुमघाममा जाने वा मस्ती गर्ने योजना बनाउन सक्नुहुन्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
क्षणिक आवेग र उन्मादलाई नियन्त्रण गर्नु बेस हुन्छ । गलत निर्णयका कारण अकल्पनीय हानि हुनसक्छ । सामान्य मानेको लापरवाहीले समेत दण्ड/जरिवानामा पर्न सकिन्छ वा बन्दव्यापारमा मन्दी छाउने सम्भावना छ । जतिसक्दो आफ्नो कारोबारमा ध्यानकेन्द्रित गरेको जाति हुन्छ । खर्चमा बृद्धि हुनाले बजेट डगमगाउने समय हो, आर्थिक तनावले पतिपत्नीका बीचमा सुलह नहुने गरी विवाद चुलिन सक्छ, सचेत भएर व्यवहार गर्नुहोला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आफूभन्दा कमजोर भाइबहिनी वा साथीहरूलाई अर्तिबुद्धि दिन मन लाग्छ वा संस्कार र संस्कृतिका बारेमा समेत सिकाउने समय हो । सिनियर्स वा अभिभावकका तुलनामा जुनियर्स वा भाइबहिनीको सहायता लाभप्रद बन्नेछ । राजनीति वा समाजसेवा तपाईंको कार्यक्षेत्र हो भने आज हरेक काममा नेतृत्वदायी भूमिका वहन गर्नु पर्नेछ । कुनै पुरानो समस्यामा घोत्लिनुपर्ने तथा असमझदारी बढ्नाले कार्यक्षेत्र प्रभावित बन्नसक्ने दिन छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
परिबन्द र बाध्यतामा अलमलिनु पर्ने समय छ, तर पनि आपसी समन्वय र तालमेल कायम रहने दिन हो । नोकरीमा बढुवा हुने वा बन्दव्यापारमा विस्तार हुने समय छ । हाकिम वा मान्यजनको सहयोग र सद्भाव मिल्नेछ । सामाजिक र राजनैतिक हैसियत निर्माणका दिशामा केही लगानी गर्नुपर्ने हुन्छ । प्रशासनिक वा सरकारसम्बद्ध कुनै काम सुल्झाउन उपयोगी समय छ । नयाँ समझौता वा करारका माध्यमबाट थप आयस्रोत बढ्नसक्छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
बौद्धिक क्षेत्रमा रुचि बढ्नेछ, परीक्षा, प्रतियोगिता र प्रतिस्पर्द्धामा सफल भइने छ । भाइबहिनी वा छोराछोरीका लागि व्ययभार बढ्ने दिन छ । इच्छाशक्ति र लगनशीलता बढ्नाले हाँके/ताकेको लक्ष्यमा पुग्न सफल भइने छ । नयाँ कार्यको थालनी हुने वा सानो प्रयत्नले नै ठूलो सफलता मिल्नसक्ने समय छ । आफन्त वा छरछिमेकको काममा केही समय खट्नुपर्ने हुन्छ । उता घरव्यवहारमा पनि निकै समय बित्नसक्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
शरीरमा थकान र अस्वस्थता देखिए पनि कामबाट फुत्कने र आराम गर्ने अनुकूलता मिल्दैन, तर मनले नमानेको कामकुराबाट टाढा नै रहेको जाति हुन्छ । चुनौतीभित्र अवसर खोज्ने समय छ । जटिल काममा पनि प्रयत्न गर्दा सकारात्मक सङ्केत प्राप्त हुनेछ, तर कागजपत्रमा सहीछाप गर्दा सतर्कता अपनाउनु ठीक हुन्छ । प्रेमीप्रेमिकाका बीचमा तेस्रो व्यक्तिको प्रवेशले आपसी सम्बन्धमा कमजोरी देखिने र चिन्ता/शङ्का बढ्ने दिन छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
मौजमस्ती र आनन्दका लागि समय प्रदान गर्ने दिन हो, तथापि तरल पदार्थको कारोबार, पेट्रोल, सुगन्ध र रेडिमेड वस्त्रका व्यवसायीले लाभ पाउने सङ्केत छ । गृहस्थी जीवन र पारिवारिक सुखको आत्मिक अनुभूति प्राप्त हुनेछ । पतिपत्नीले एकआपसमा एउटा सुखद अनुभूति साझा गर्ने दिन हो । खेलवाड र मनोरञ्जनमा अलमलिंदा अवसर गुम्ने खतरा छ । राम्रो रिजल्ट निकाल्न राम्ररी खट्नुपर्ने समय हो ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
स्वास्थ्यस्थितिमा कमजोरी देखिए पनि आनन्द र तिर्सनामा बृद्धि हुने दिन हो । स्वभावमा अस्वाभाविकता देखा पर्नेछ, त्यसैले झगडा र कलहबाट टाढिएको जाति हुन्छ । परिश्रम र आरामको सन्तुलनमा ध्यान दिनु आवश्यक छ, एकोहोरिएर घोरिंदा स्वास्थ्यस्थिति बिग्रने डर हुन्छ, सचेत बन्नुहोला । सोचेजस्तै लाभ प्राप्त गर्न केही समय कुर्नुपर्ने हुन्छ । स्वास्थ्यस्थितिमा सामान्य असर पर्ने समय छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
ईर्ष्या गर्नेहरूले आफ्ना प्रयास जारी राख्दासमेत तपाईंको बुद्धि र मिहिनेतले रङ देखाउने समय हो । व्यक्तित्व विकास वा थप अध्ययनको अवसर प्राप्त हुनेछ । लवमेटसित भेटघाट एवं गफगाफ गर्ने मौका जुर्नेछ, त्यस्तै अपेक्षित माया, सहयोग एवं समझदारी प्राप्त हुने दिन छ । आज कुनै न कुनै नयाँ कुरा सिक्ने समय हो । घरमा सम्पर्क गर्नुहोला, भाइबहिनी वा छोराछोरीका समस्यामा केन्द्रित हुने दिन हो ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
पुराना वा तामेलीमा परेका काम दोहोर्याएर गर्ने परिस्थिति छ । अतिरिक्त आम्दानी हुनाले घरायसी सुखसुविधाका वस्तुहरूको किनमेल हुने सङ्केत छ । केही असहजता वा बाधा आइलाग्न सक्छन्, तर प्रेमभावमा भएको पवित्रता र सद्भावले सबै बाधा दूर हुनेछन् । व्यवसाय वा नोकरीको सन्दर्भमा कतै भ्रमणको कार्यक्रम बन्ने दिन हो । घरबाट कुनै समस्यामूलक समाचार आउनाले मन एकतमासको बन्नसक्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
आजको कुनै समय बाल्यावस्थाको स्मृतिमा वा कुनै पुरानो कुरामा अलमलिन सक्छ । एकआपसका कुनै पुराना विषयले तनाव बढाउने दिन हो, त्यसैले आफूलाई सम्हालेको जाति हुन्छ । अरुका समस्यामा दौडधूप गर्नुपर्ने समय छ, यसरी सहयोग गर्ने हुँदा अध्ययनमा बाधा पुग्नसक्छ, तर पनि सन्तुष्टि प्राप्त हुने दिन हो । आफ्ना विचार, इच्छा र आनीबानीका बारेमा सहयात्री र साझेदारलाई खुलेर बताउनु होला ।