मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
खटेअनुसार फल प्राप्त हुनाले हर्ष र प्रसन्नतामा बृद्धि हुनेछ । रासायनिक वस्तुहरू, पेट्रोलियम, रङ र पेन्टिङ जस्ता क्षेत्रमा बढी लाभ लिन सकिने छ । साथीभाइ र इष्टमित्रसँग हाँसखेल र कुराकानी गर्ने दिन हो । रामरमाइलोमा दिन बित्नेछ । कुनै सामाजिक वा परोपकारी काममा दिलचस्पी जाग्नेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
निणर्य लिन सक्नुपर्छ, नबन्ने काम पनि बन्नेछन्, व्यक्तित्व विकासमा मद्दत पुग्नेछ, आफन्त र सहकर्मीसँगको सम्बन्धसमेत मजबुत बन्नेछ । विवाद वा मतभेद छ भने पनि समाधानको बाटो पहिल्याउनु होला । कठोर शब्द र खरो बोलीका कारण सेवाग्राही असन्तुष्ट र रुष्ट हुनसक्ने समय हो, तर सहकर्मी साथी र हाकिमको साथसहयोग मिल्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
रुचिको क्षेत्रमा गरेको प्रयासमा सफलता मिल्ने दिन हो, थप धनार्जन गर्ने विषयमा चिन्ता गर्न सक्नुहुन्छ, साझेदारीमा आधारित व्यापारबाट राम्रो लाभ हुनेछ । नयाँ अनुभवका साथ कसरी अघि बढ्ने भन्ने चिन्तामा केन्द्रित भइने छ, हिसाबकिताबको लेखाजोखा र व्यवस्थापकीय जिम्मेबारीका लागि समय छुट्याउनु पर्ने हुन्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
मनको हठ र कुण्ठामा भुलिने समय छ, तर पढाइ छाडेर अन्त भुलिनु भविष्य बिगार्ने कुरा हो भन्ने हेक्का राख्नुपर्छ । एकाग्रतामा कमी हुने भएकाले कुनै एउटा विषयमा मात्र ध्यान केन्द्रित गर्न सकिंदैन, हेर्दा बाहिरबाट सामान्य झैं देखिनु हुन्छ, तर भित्रबाट मँडारिएको भावनाको बेगलाई कसैले पनि बुझ्न सक्दैनन् ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
व्यक्तिगत खुसी र आनन्दका लागि केही समय छुट्याएको राम्रो हुन्छ, लवमेटसँग सम्पर्क राखी बढिरहेको ग्यापलाई हटाउनु होला । फाइदा नहुने र व्यर्थको काममा लगानी गर्ने परिस्थिति बन्नसक्छ, अनि परोपकारी काम वा अर्काका काममा दौडधूप गर्नुपर्ने दिन छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
भाइबहिनीका तर्फबाट खुसीको समाचार सुन्न पाइने छ । आज कुनै प्रतिस्पर्द्धा वा परीक्षा भिड्दा सफलता प्राप्त हुनेछ । आकस्मिक लाभ पाउने दिन छ । कारोबारबाट राम्रै फाइदा हुने दिन छ, फलाम, कोइला, पेट्रोलियम पदार्थ आदि नै तपाईंको व्यापार हो भने अझ राम्रो प्रतिफल पाइने छ । घरमा सुखशान्ति र आनन्दकै वातावरण देखिन्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
हातमा सह भएको दिन छ, नयाँ काममा हात हाल्दै हुनुहुन्छ भने यसले सकारात्मक गति समात्नेछ । सही समय र स्थान छनौट गर्न सके हरेक कदम सफल हुनेछन् । मान्यजन वा उच्चपदस्थ अधिकारीहरूले हृदयदेखि नै प्रशंसा गर्नेछन्, त्यस्तै अर्काको सहयोग गर्न पाउँदा सन्तोषको अनुभूति हुने समय छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
नयाँ लगानीका निमित्त उपयोगी दिन छैन, त्यस्तै सामुन्ने देखिएका समस्यालाई चाँडो समाधान गर्नुहोला, नत्र व्यापारिक कारोबारमा दूरगामी प्रभाव पर्नसक्छ । कुरा काट्ने र विरोध गर्नेले षड्यन्त्रको तानाबुना रच्न खोज्दैछन्, अझ परिवारका सदस्य र आफन्तको गतिविधिसमेत सन्तोषजनक नहुँदा खिन्नता बढ्ने परिस्थिति छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
मन पिरोल्ने समस्यालाई हल गरिने छ, प्रयास गरेमा मनको बोझ कम गर्न सकिन्छ । जीवनसाथीले पनि तपाईंको मनको कुरो बुझिदिंदा दङ्ग पर्न सक्नुहुन्छ । जागरुकता र इच्छा बढ्ने समय हो, तपाईं कला वा अभिनय क्षेत्रको शिक्षार्थी हो भने सोचेको कुरा लिपिबद्ध गर्नुहोला, भविष्यमा काम दिनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
कमजोरीलाई माध्यम बनाएर शत्रु हाबी हुने समय छ, विश्वासिलो साथी वा सहयोगी कर्मचारीले नै समस्या बल्झाउन सक्छन्, सचेत हुनुपर्छ । आपसी समन्वयको प्रयास गर्नुहोला, बेकारका कुरामा आफ्नो जिद्दीपना प्रस्तुत गर्नाले अन्त्यमा निराशा र खिन्नता बढ्नसक्छ, होस राख्नुपर्छ । मूलतः मनोरञ्जन र मस्तीमा केन्द्रित भइने छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आफैंले कुनै प्राविधिक वा सीपमूलक ज्ञान प्राप्त गरेर लाभान्वित बन्ने समय छ, उता घरमा छोराछोरी वा भाइबहिनीका समस्यामा केन्द्रित हुनुपर्नेछ । सँगीसाथीसँग रमाउन पाउँदा दिन बितेको पत्तो पाउनुहुन्न । आज व्यक्तिगत खुसीका लागि लवमेटसित कुनै कुराको अपेक्षा गरेको जाती हुन्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
कामधन्दामा एक्लै खट्नुपर्ने दिन हो । आशा देखाउनेहरूले पनि सहयोग गर्ने परिस्थिति बन्दैन, अतः व्यस्त रहँदारहँदै दिन बितेको पत्तो पाइने छैन । अध्ययन/अध्यापनका दृष्टिले कमजोर समय छैन, मिहिनेतको उत्कृष्ट नतिजा मिल्नेछ, तर पनि गेम र इन्टरनेटमा झुम्मिने हुँदा पढाइ बिथोलिन सक्छ ।