Logo

आज २०७९ भदौ १३ गते सोमबारको राशिफल



मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

कानूनी वा प्रशासनिक उलझन सुल्झाउन उपयुक्त समय रहेको छ, लोकप्रियता बढ्ने तथा साझेदारी व्यवसायमा लाभ पाउने समय हो, तथापि अधिकार प्राप्ति वा भविष्यको चिन्ताले सताउन सक्छ । आफूले गरेको मिहिनेतको प्रतिफल अरुले हत्याउने चेष्टा गर्नेछन्, तर शुभचिन्तकहरूको साथ पाउनाले अप्ठ्यारो परिस्थितिमा समेत काम बनाउन सकिने दिन हो ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

अरुको भरमा पर्दा काममा बाधा र धोका हुने समय छ । विगतका कमजोरी सुधार गरी कुनै काम दोहोर्याउने परिस्थितिसमेत बन्नसक्छ । सानो प्रयत्नले हैसियतमा बृद्धि हुनेछ, क्षमता र बुद्धिको उपयोग गर्दा कारोबारले गति समात्न थाल्नेछ, साथै अड्किएका काम पनि पुनः प्रारम्भ हुनेछन् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

सोच्ने शक्ति र निणर्यात्मक क्षमतामा कमी आउने दिन हो । आज हरेक कुरामा यो गरौं कि त्यो गरौं भन्ने अलमल हुनसक्छ । करियर परिवर्तन र उच्च शिक्षा प्राथमिकताको विषय बन्नेछ । दूरदराजको यात्रा वा वैदेशिक प्रयोजनको कामका लागि राम्रो छ, तर जीवनका विभिन्न आयाममा सन्तुलन राख्न प्रयास गर्नुपर्छ । व्यस्ततामा दिन बित्नेछ, तथापि कामको चापबाट फुर्सद निकालेर आज केही समय घरपरिवार र छोराछोरीका लागि छुट्याउनु राम्रो हुन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

नयाँ एवं पुराना मित्रसित भुलिनाले पार्टनरलाई समय प्रदान गर्न सकिंदैन, तर कुनै व्यक्तिगत कार्य सम्पन्न हुने दिन छ । घरपरिवारका सदस्य, मित्र र नातागोता माझको सम्बन्धलाई सुदृढ बनाउन सम्बन्ध/सम्पर्क राख्ने दिन हो, कार्यक्षेत्रमा खटेबमोजिम लाभ पाउन सकिने छ । खटेअनुसार फल प्राप्त हुनाले आत्मविश्वास बढ्ने दिन हो ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

एउटा स्मरणीय आनन्द प्राप्त हुने दिन हो, अझ बोली र व्यवहारमा नम्रताको प्रयोग गर्नुहोस्, केही दिनमा नै घरमा नवीन सुखको आभास हुनेछ । अभिव्यक्ति, कला र मनोरञ्जनसम्बद्ध विषयमा रुचि जाग्ने समय हो, अझ स्पष्टसँग मानसिक धारणा व्यक्त गरेमा आफ्नो सही पहिचान कायम गर्न सकिने छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

आत्मविश्वास जाग्ने राम्रो दिन छ । आलस्य नगरी नयाँ विषयको जानकारी लिएमा बौद्धिक क्षमतामा बृद्धि हुनेछ । मनमा उत्साह र शरीरमा स्फूर्तिको उदय हुनेछ । सबैले व्यक्तित्व र कार्यशैलीको प्रशंसा गर्नेछन्, खुट्टा तान्ने र कुरा काट्नेहरू अब आफैं तर्किएर हिंड्ने समय आएको छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

मन अस्थिर र अधीर हुने समय हो, धैर्य र संयमता आजका मित्र हुन् । खर्चमा अचानक बृद्धि हुने समय छ, जोखिम मोलेर कुनै पनि काम नगर्नु होला । कार्यक्षेत्रमा आफैं खटेको जाती हुन्छ, सहयोगीले विश्वासघात गर्ने समय हो, असचेत हुँदा व्यापारमा अचानक मन्दी छाउने सम्भावना देखिन्छ । सुखसुविधाका सामाग्रीप्रति आकर्षण बढ्नेछ, तर आर्थिक पक्ष बाधक बन्ने समय हो ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

दीर्घ प्रयोजनको लाभमूलक काम अघि सार्ने हो भने योजना बनाउने, साझेदार र मतियारका बीचमा छलफल गर्ने, प्रशासनिक तौरतरिका बुझ्ने र प्रयास गर्ने समय आएको छ । परिस्थितिवश जिम्मेबारीबाहिरको काममा अलमलिनु पर्ने हुन्छ । काममा विलम्ब भए पनि कुनै विशेष काम सम्पादन गर्ने दिन हो ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

दिन नरमाइलो छैन, यद्यपि काममा सक्दो खट्नुपर्ने दिन हो । अन्त्यसम्म व्यस्त रहनु पर्नेछ, तर मिहिनेत गरेअनुसार राम्रै प्रतिफल हात लागी हुनेछ । व्यवसायिक र आन्तरिक जीवनमा तालमेल मिलाउन हम्मेहम्मे पर्नेछ, समय निकालेर लवमेटसँग कुराकानी गर्नु बेस हुन्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

जग्गाजमिन, निर्माण सामाग्री, खनिज र काष्ठ व्यवसायमा राम्रो गर्न सकिने दिन हो । बन्दव्यापार र कारोबारका अतिरिक्त धार्मिक/पारम्परिक काममा पनि संलग्न हुन सक्नुहुन्छ । थोरै मात्र प्रयास गरेर आम्दानीको मार्ग बढाउन सकिने भाग्योन्नतिको समय छ । केही समय छरछिमेकीको काममा वा आफन्तका निमित्त छुट्याउनु पर्ने हुन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

सामुन्ने देखिएका विवाद र समस्यालाई सकेसम्म चाँडो समाधान गर्नुहोला, नत्र व्यापारिक कारोबारमा दूरगामी प्रभाव पर्नसक्छ । आज नयाँ लगानीसमेत गर्नुहुँदैन । झिनामसिना काम र घरेलु समस्यामा अलमलिंदा अलमलिंदै आजको दिन बित्नेछ, तर भान्साको काममा वा आगो र हातहतियारको प्रयोगमा निकै सचेतता अपनाउनु होला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

मन हलुका र शरीर तन्दुरुस्त रहने दिन हो, काम छाडेर गफगाफमा वा रमझममा भुलिने समय छ, रामरमाइलो त्यागेर काम र प्राथमिकताउपर ध्यान दिनुहोला । मनोरञ्जन, रामरमाइलो, घुमघाम र भेटघाटको समय हो । व्यवहारमा क्रूरता र कडापन देखिने छ, परिवारभित्रका वादविवाद, झैझगडा र समस्याहरूमा संयमता अपनाउनु राम्रो हुन्छ ।

प्रतिक्रिया दिनुहोस्