Logo

आज २०७९ भदौ १६ गते बिहीबारको राशिफल



मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

मनोरञ्जनात्मक क्रियाकलापमा संलग्न हुने तथा भोजन र परिकारको स्वादमा रमाउने दिन छ, तर पनि जीवनसाथीको इच्छा र रुचिलाई ध्यान दिनु ठीक हुन्छ । जागरुकता र इच्छा बढ्ने समय हो, तपाईं कला वा अभिनय क्षेत्रको शिक्षार्थी हो भने सोचेको कुरा लिपिबद्ध गर्नुहोला, भविष्यमा काम दिनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

व्यक्तिगत इज्जत र साख राख्न सकिने दिन हो, तर पनि स्वाभिमान र घमण्डका कारण केही समस्याहरू सिर्जना हुनसक्छन् । पार्टनरसँग दूरी बढ्दामात्र उसको महत्त्व कति छ भन्ने आभास हुने दिन हो, स्वास्थ्यगत कमजोरीले पनि रोमान्टिक जीवन प्रभावित बन्नसक्छ । घरपरिवारबाट सुखद समाचार सुन्न पाउनु हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

पुस्तक, शिक्षाक्षेत्र, छापाखाना, कन्सल्टेन्सी र वस्त्राभूषणको कारोबारबाट लाभ लिने दिन हो, केही धनरकम छोराछोरी र भाइबहिनीका लागि खर्च गर्नुपर्ने हुन्छ । छोराछोरीको क्रियाकलाप र उन्नति/प्रगति देखेर दंग पर्ने तथा सुखानुभूति हुने दिन हो । परिवारजनको सहमति जुट्नाले नचिताएको काम सम्पन्न गर्न सकिने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

मेसो नमिल्नाले काममा ढिलासुस्ती हुनेछ । कार्यस्थलमा पनि असाध्यै दौडधूप गर्नुपर्ने हुन्छ । सानो लापरवाहीले ठूलो नोक्सानी हुनसक्छ, अतः महँगा चिजबीजको प्रयोग गर्दा सावधान हुनुपर्छ । सहयोगी स्टाफ वा जुनियर कर्मचारीका कुरा सुन्नु होला, नत्र कार्य सम्पादनमा असहजता आउने छ, त्यस्तै घरपरिवारमा पनि अर्काको भावना बुझ्ने कोसिस गर्नुपर्छ ।  ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

नेटवर्किङको क्षेत्र वा सामाजिक सम्बन्धमा विस्तार हुनेछ । दृढ़ इच्छा शक्ति कायम राख्दा विपरीत परिस्थितिमा पनि विवेक गुम्दैन र समुचित काम बन्नेछ । औजार, हातहतियार वा सरकारसम्बन्ध ठेक्कापट्टा वा काम नै व्यवसाय हो भने राम्रो लाभ पाउने दिन हो, काममा दुविधा भए साथीभाइको सल्लाह लिन सकिने छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

स्थिर कारोबारका माध्यमबाट लाभ लिन सकिने छ । कला, कविता र साहित्यमा रुचि बढ्नेछ तथा यस क्षेत्रकै व्यवसाय छ भने राम्रो मुनाफासमेत हुनेछ । बडो आनन्द र उमङ्गका साथमा समय बित्नेछ । जीवनसाथीको पदप्रतिष्ठामा अभिबृद्धि हुनेछ र आम्दानीका मार्गहरू पनि बढ्नेछन् ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

नयाँ जिम्मेबारी वा पदभार ग्रहण गर्ने दिन हो । सहकर्मीका माझमा क्रूर बन्नुको सट्टा व्यवहारिक बन्नसकेमा मात्र काम निकाल्न सकिने छ । चिन्ता र शङ्कालाई त्यागेर अब नयाँ ढंगले अघि बढ्ने प्रयास गर्नुहोस्, ब्रेक नै भएको छ भने पनि पुनः सम्बन्ध कायम हुनेछ । विश्वस्त व्यक्तिले बाचा पूरा नगर्नाले खिन्नता बढ्नेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

जुनसुकै काम सम्हाल्दा विशेष सावधानी अपनाउनुपर्ने हुन्छ, अझ आर्थिक पक्ष हो भने सानातिना खर्चको पनि हेक्का राख्नु होला । मनको हठ र कुण्ठामा भुलिने समय छ, तर पढाइ छाडेर अन्त भुलिनु भविष्य बिगार्ने कुरा हो भन्ने हेक्का राख्नुपर्छ । सबै कुरा ठीकठाक देखिए पनि भावनात्मक ढंगले कमजोरीको आभास हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

बौद्धिक र ज्ञानमूलक क्षेत्रमा थप मिहिनेत गर्ने दिन हो, सहयोगी र मित्रवर्गको साथ जुटाउनसके महत्त्वपूणर् उपलब्धि लिन सकिने छ । कार्यक्षेत्र वा व्यवसाय दुबै पक्षमा सबलता प्राप्त हुनेछ, कुनै कुराले चिन्तित तुल्याएको छ भने त्यसलाई सेयर गरेमा समाधानको बाटो पहिल्याउन सकिन्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

कुनै कामका लागि टाढा जानुपर्ने बाध्यता हुनेछ, यद्यपि एकआपसमा अपेक्षित माया एवं समझदारी कायम रहनेछ । मिहिनेत र कर्मठताले कामधन्धामा प्रगति र विकास हुनेछ । वरिष्ठ व्यक्तित्वसँग चिनजान हुने वा सम्बन्ध कायम हुने दिन छ । बढ्दै गरेको पारिवारिक खर्चले थप मिहिनेत गर्न हौसला प्रदान गर्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

पार्टनरले तपाईंका भित्री इच्छालाई बुझिदिंदा आनन्दको अनुभूति हुनेछ, अब प्रेम सार्वजनिक भएमा पनि गौरवको आभास हुनसक्छ । एक्लै घोरिरहन मन लाग्छ, व्यक्तित्वमा घमण्ड र अहङ्कारले प्रवेश गर्ने समय छ, तर आज संयम भएर अर्काका कुरा सुनेको राम्रो हुन्छ । इच्छाशक्ति र लगनशीलता बढ्नाले हाँके/ताकेको लक्ष्यमा पुग्न सफल भइने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

किताब, प्राक्टीकल र ल्यापटपमा मात्र घोरिएर दिमाग भारी हुने समय छ, एकाग्रताका लागि ध्यान, मेडिटेशन र योग गर्नु राम्रो हुन्छ । आवेग र रिसरागमा नियन्त्रण राखी खासगरी ड्राइभिङका क्रममा घुम्ती र मोडमा सावधानी अपनाउनु होला । आजको दिन आफूले गल्ती नगरे पनि अरुको लापरवाहीको सजाय व्यहोर्नुपर्ने समय छ ।

प्रतिक्रिया दिनुहोस्