मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
मन प्रसन्न रहने छ, लवमेटका साथमा घुम्ने, समय यापन गर्ने वा कुनै समारोहमा एकसाथ सरिक हुने अवसर मिल्नेछ । काममा रुचि हुनेछैन, बरु रहस्य, अध्यात्म, तन्त्रमन्त्र र जादूटुनाका विषयमा रुचि बढ्न सक्छ, तर पनि नसोचेको धन हातमा आइपुग्ने दिन छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
स्वास्थ्यस्थितिमा कमजोरी देखिए पनि आनन्द र तिर्सनामा बृद्धि हुने दिन हो । स्वभावमा अस्वाभाविकता देखा पर्नेछ, कलहबाट टाढिएको जाती हुन्छ । अतिरिक्त क्रियाकलाप वा प्रतिभा प्रदर्शन गर्न अनुकूल समय छ, तर कलह र विवादको योग बनेको छ, त्यसैले कम बोल्नु ठीक हुन्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
बुद्धि र विवेकको सही प्रयोग गर्नसके आफ्नो साख र इज्जत जोगाउन सकिने छ, प्रतिस्पर्द्धीहरू स्वयं कमजोर हुनाले आफैँलाई फाइदा हुने समय छ । लवमेटसित भेटघाट एवं गफगाफ गर्ने मौका जुर्नेछ, त्यस्तै अपेक्षित माया, सहयोग एवं समझदारी कायम हुनेछ । बहस र विवादमा पकड भएको समय छ, तर शत्रु एवं प्रतिस्पर्द्धी बलिया देखिन्छन् ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
होटल/मोटल, रेस्टोरेन्ट र तरल पदार्थको कारोबार छ भने व्यवसायमा नयाँ ढंगले चिन्तन गर्ने समय आएको छ, खटेअनुसार आम्दानी हुने दिन हो । पारिवारिक खुसीलाई मध्यनजर गर्दै कुनै काम लुकाएर गर्नुपर्ने परिस्थिति बन्नेछ, हिसाबकिताबको कुरा हो भने पछि हट्नु ठीक हुन्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
साझेदारीमा कुनै व्यवसाय गर्दै हुनुहुन्छ, अथवा लामो वा छोटो कुनै यात्रामा सँगै निस्कँदै हुनुहुन्छ भने आफ्ना विचार, इच्छा र आनीबानीका बारेमा खुलेर बताउनु होला । सहकर्मी साथीको मद्दतले कुनै महत्त्वपूणर् कार्य सम्पादन गर्न सकिने छ । बहुप्रतीक्षित आकाङ्क्षाले पूणर्ता पाउने समय हो ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
नयाँ प्रविधि वा सामाजिक सञ्जालको प्रयोग गरेमा कार्य सम्पादनमा सघाउ पुग्नेछ, आन्तरिक प्रतिभा र क्षमताको प्रदर्शन गरेर धन, मान र प्रतिष्ठा कमाउन सकिने छ । स्वार्थी र मतलबी व्यक्तिदेखि टाढा रहने समय हो, सुख एवं समृद्धिमा बृद्धि हुनेछ, तर पार्टनरको इच्छानुसार खर्च हुनसक्ने भएकाले गोजी दह्रो बनाउनु ठीक हुन्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
एकआपसमा अहङ्कार र एटिच्युडको प्रवेश हुनु राम्रो होइन, आज जीवनसाथीसँग कुनै पनि कुरो नलुकाउनु होला, नत्र भविष्यमा कलहको बीजारोपण हुनसक्छ । आफूलाई कमजोर या नजान्ने नठान्नु होला । मिहिनेत नै त्यस्तो साँचो हो, जसले असम्भवलाई पनि सम्भवमा परिणत गर्दछ । महत्त्वाकाङ्क्षा र अदम्य उत्साह जाग्ने दिन हो ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
छलछाम र हेलचक्र्याइँ नगर्नु होला, पार्टनरलाई सारा गोपनीय कुरा खुलाएमा र विश्वास जित्न सकेमा मात्र प्रेम सफल बन्नेछ । इच्छा पूरा हुने दिन हो, विशिष्ट व्यक्तित्व वा विद्वान् गुरुसित मित्रता र भेटघाट हुने समय हो । घरमा अभिभावकसित सम्पर्क गरी भलाकुसारी गरेको जाती हुन्छ । सफलता हासिल गर्न प्रतिस्पर्द्धामा जानुपर्ने परिस्थिति देखिन्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
वैराग्य र निराशाका भाव मँडारिन सक्छन्, तर आज कुनै फाइदा हुने क्षेत्रमा आकर्षण छ वा स्थान परिवर्तन गर्ने मुडमा हुनुहुन्छ भने काम थाल्नुहोस्, लाभ हुनेछ । कुनै प्रस्तावउपर विचार/विमर्श हुने दिन हो, आजको त्याग र साधनाबाट भविष्य सुदृढ बन्नेछ, खर्चमा कटौती गरेर भए पनि लगानी गर्नु ठीक हुन्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
पठनपाठनका दृष्टिले राम्रो समय छ, त्यसबाहेक क्यारियर र पेसाप्रतिको सोच सल्बलाउन सक्छ, लगनशीलता र परिश्रमका माध्यमबाट जस्तै समस्या भए पनि गहिराइमा पुग्न सकिने छ । मानसम्मान र प्रतिष्ठा बढ्ने दिन हो । वंश, कुल र पितृपक्षका विषयमा आकर्षण बढ्नेछ, कार्यक्षेत्रमा वरिष्ठ कर्मचारीलाई र घरमा मान्यजनलाई सेवाचाकरी गरी प्रसन्न तुल्याउन सकिने छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
कुनै प्रदर्शन वा प्रतिस्पर्द्धामा सरिक हुँदै हुनुहुन्छ भने आज गरेको प्रयासमा सफलता र स्याबासी मिल्ने देखिन्छ । शान्त र स्थिर मतिको उदय हुनेछ, परोपकारी समय हो, प्रेम र भाइचारालाई समेत जीवन्त तुल्याउन सकिने छ । ठूलाबडाको सहयोग लिन सके नबन्ने काम पनि बन्नसक्छ । अचानक खुसी हुने कुनै समाचार सुन्न पाइने छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
सहयोगको भावना पलाउने दिन हो, कुनै महत्त्वपूणर् काममा कसैको सहयोग गर्नुपर्ने वा परोपकारी काममा लगानी गर्ने परिस्थिति बन्नेछ । परिस्थिति विपक्षमा रहेकाले यति वेला कुनै पनि नयाँ निणर्य लिनु हुँदैन, बरु व्यवस्थापन पक्ष र कामदारहरूका बीचमा सन्तुलन कायम राख्ने प्रयास गर्नुहोला । वातावरण प्रतिकूल देखिन्छ, तर पनि जीवनसाथी र घरपरिवारसँगै रमाएको जाती हुन्छ ।