Logo

आज २०७९ भदौ २३ गते बिहीबारको राशिफल



मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

कामधन्दामा मज्जाले खट्नुपर्ने हुन्छ, जीवनसाथीले आफ्नो विवशता नबुझिदिंदा झन दिक्क लाग्नसक्छ, तर बृद्धबृद्धाको सद्भाव र सहानुभूति बटुल्न पाइने छ । परीक्षा, अन्तर्वार्ता वा प्रतियोगिता नजिकै आएको छ भने कडा परिश्रमपछि मात्र सफलता पाइने समय भएकाले अध्ययनमा लागी पर्नु उचित हुन्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

मान्यजन वा उच्चपदस्थ अधिकारीहरूले हृदयदेखि नै प्रशंसा गर्नेछन्, त्यस्तै अर्काको सहयोग गर्न पाउँदा सन्तोषको अनुभूति हुने समय छ । लामो समयदेखि एकान्तमा बसेर भलाकुसारी गर्न पाउनु भएको छैन भने अब निराश हुनुपर्दैन, भेटघाटको अनुकूलता मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

शरीरमा आलस्य जाग्ने समय हो, अस्वस्थ हुनुहुन्छ भने समय निकालेर आराम गर्नु ठीक हुन्छ । खनिज पदार्थ र पुरातात्त्विक चिजबीजको व्यवसायमा फाइदा देखिन्छ । चिन्ता/शङ्का र डरले जरो गाड्नेछ, दिक्क लागेको छ भने बरु एकान्तमा बस्नु वा आध्यात्मिक गतिविधिमा सहभागिता जनाउनु राम्रो हुन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

कार्यक्षेत्रमा उच्च सफलता मिल्नुका साथै कल्पना र भावना केन्द्रित हुने तथा आत्मरतिमा भुलिने समय छ, तर अहिले जुनसुकै कुरामा अरुले के भन्दैछन् भनी चासो दिनु राम्रो हुन्छ । अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिने राम्रो दिन छ, तर आज कार्यक्षेत्रबाट फुर्सद निकालेर आनन्द र मस्तीमा भुलिने समय हो ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

जीवनसाथी वा प्रेयसीसँग लामो कुराकानी वा सम्बन्ध/सम्पर्क हुने दिन हो, उता आयका दृष्टिले पनि थप धनार्जन गर्न सकिने समय छ । बेकरिङ, क्याटरिङ, फास्टफुड, माटोको सामाग्री, औजार, भाँडाकुँडा आदिका व्यवसायी खुसी हुने दिन हो, तर सेवाग्राहीको विश्वास जित्न केही समय लाग्नसक्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

बुद्धिकौशल तथा समझदारीले कमीकमजोरी हटाउन सकिने छ । व्यवस्थापन पक्षको लथालिङ्गलाई मिलाउने प्रयास गरिने छ । प्रेमभाव, शान्त वातावरण, खुसी र सद्भाव कायम रहने राम्रो दिन छ । कनिष्ठ नातेदार वा छोराछोरीका तर्फबाट थप प्रसन्नता पाउन सक्नुहुन्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

आफ्नो काममा मात्र होइन, घरपरिवारलाई पनि केही समय छुट्याउनु राम्रो हुन्छ, नत्र आपसी विचार/विमर्शमा खाडल सिर्जना हुनसक्छ । शङ्कालु बानी र विश्वासको कमीले आपसी समन्वय कमजोर बन्नसक्छ । भावनाप्रधान दिन हो, सकेसम्म एकअर्काप्रति समर्पित हुनु बुद्धिमानी हुनेछ । ज्ञान र क्षमता बढाउने विषयमा सक्रिय रहनुपर्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

घरपरिवारभित्र कसैको पेसागत वा व्यवसायिक उन्नतिको समाचार सुन्न पाइने छ, त्यस्तै पारिवारिक जमघट वा भोजभतेरमा सहभागी बन्नुपर्ने दिन छ । अरुका समस्यामा दौडधूप गर्नुपर्ने समय छ, यसरी सहयोग गर्ने हुँदा अध्ययनमा बाधा पुग्नसक्छ, तर पनि सन्तुष्टि प्राप्त हुने दिन हो ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

बोलीमा विशेष बल छ, मौखिक अभिव्यक्ति वा कलाको क्षेत्रमा अझ सफल भइने छ । सानो प्रयासले भाग्य र भविष्य सपार्न सकिन्छ । आश मारेको कुनै वस्तु वा गुमेको धन फिर्ता आउने समय हो । आर्थिक हैसियत बृद्धि गर्न वा भौतिक सम्मृद्धि बढाउने सिलसिलामा सक्रियता बढ्न सक्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

पार्टनरबाट तपाईंको भावना बुझी कार्य गर्ने प्रयास हुनेछ । एकान्तमा रमाउन पाउँदा शान्तिको अनुभूति हुनेछ । आयको मार्ग सबल छ, तर बोली र व्यवहारमा निकै सतर्कता अपनाउने समय हो, कुरा काट्नेहरूले तपाईंको छिद्र खोतल्ने प्रयास गर्नेछन् । आम्दानी बढ्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

पार्टनरको भावनालाई बेवास्ता नगर्नुहोला, नत्र आनन्द र मनोरञ्जनको वातावरणमा अचानक निराश हुनुपर्ने र तनाव झेल्ने परिस्थिति आइपर्ने दिन हो । मनमा शान्ति र मुहारमा कान्ति छाउने सन्तोषजनक समय छ । प्रियजनसँग भेटघाट हुनेछ अथवा आश मारेको वस्तु वा धन हात पार्न सकिने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

आफूभन्दा कमजोर भाइबहिनी वा साथीहरूलाई अर्तिबुद्धि दिन मन लाग्छ वा संस्कार र संस्कृतिका बारेमा समेत सिकाउने समय हो । तन्मय भएर कडा मिहिनेत गर्नसके कार्यक्षेत्रमा नचिताएको उपलब्धि पाउने दिन हो ।

प्रतिक्रिया दिनुहोस्