Logo

आज २०७९ वैशाख १० गतेको राशिफल



मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

भाग्य भरोसामा रहने होइन, स्वयं आफूलाई विश्वास गर्ने समय हो, परीक्षाको तैयारी गर्दै हुनुहुन्छ भने उत्तम परिणाम प्राप्त हुनेछ । कर्मसिद्धिको समय छ, शुभचिन्तकहरूको साथ जुट्ने दिन हो । कार्यक्षेत्रमा जानकार र अनुभवीको तथा घरमा मातापिताको आशीर्वाद प्राप्त गरेमा हरेक काममा सफलता पाउन सक्नुहुन्छ । कर्मको प्रतिफल हात पार्ने तथा पदासीन व्यक्तित्वसँग निकटता बढ्ने दिन हो ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

आपसी सम्बन्ध भावी जीवनका लागि सुखद बन्ने सङ्केत छ, वैवाहिक जीवनमा रूपान्तरित हुन योजना बनाउने समय हो । सामाजिक वा परोपकारी काममा मन जानेछ । भााग्यले साथ दिनेछ, बढुवा, प्रशंसा वा प्रतिष्ठा मिल्नेछ । आर्थिक क्षेत्र सामान्य नै रहने देखिन्छ । धार्मिक/सामाजिक काममा समय दिनुपर्दा बाहिर अलमलिने दिन हो, तर पनि आफ्नो कामप्रतिको लगनशीलताका कारण आम्दानीमा कमी आउने छैन ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

साथ दिने कोही पनि देखिंदैनन् । काम गर्दा निकै धपेडी बेहोर्नुपर्ने हुन्छ, तर आफ्नो स्वास्थ्य र आरामका लागि पनि केही समय छुट्याएको जाती हुन्छ । परीक्षा र प्रतिस्पर्द्धामा सामेल हुने हो भने गोपनीयतामा जोड दिनु होला, अनि एक्लै वा एकान्तमा बसेर तैयारी गरेको राम्रो हुन्छ । कसैको चित्त दुखाएर धन वा प्रतिष्ठा प्राप्त गर्ने कोशिस गर्नुहुँदैन । दुराशा र महत्त्वाकाङ्क्षाले केवल निराशामात्र बढ्दछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

आफ्नो काममा मात्र एकोहोरिएर लागिपर्नु भन्दा पनि जीवनसाथी वा परिवारका सदस्यहरूको इच्छा बुझेर काम गर्ने दिन हो । मनोरञ्जन, रामरमाइलो, घुमघाम र भेटघाटको समय हो । तर पार्टनरसमक्ष कुनै कुरो राख्ने योजना छ भने केही समय पर्खिएको जाती हुन्छ । शरीर भारी र मन अस्थिर रहने सङ्केत छ । सरकारी निकाय वा प्रशासनिक कुनै कामले चिन्ता बढाउन सक्छ । बाहिर निस्कँदा कागजपत्र बोकेर हिंड्नु होला  ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

थोरै लाभका लागि समेत धेरै मिहिनेत गर्नुपर्ने परिस्थिति देखिन्छ । खासगरी इलेक्ट्रिकल, सञ्चार र धातुका कारोबारीको व्यवसाय उत्तम रहनेछ । घरको वातावरण सुख–शान्तिले भरिपूर्ण रहनेछ । पतिपत्नीबीच उचित समन्वय कायम हुन्छ, तर दाम्पत्य सम्बन्धमा एकअर्काको भावनाको कदर गर्नु जरुरी देखिन्छ । आफूले गरेको मिहिनेतको राम्रो नतिजा हात पर्नेछ, यद्यपि आज स्वास्थ्यस्थिति र आरामप्रति सचेत बन्नु आवश्यक छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

सृजनात्मक क्षमताको प्रस्फुटन हुनेछ । मन फुरुङ्ग र उत्साही हुनेछ, टाढा रहेका आफन्त वा छोराछोरीबाट कुनै राम्रो समाचार सुन्न पाइने दिन हो । अलि धेरै मिहिनेत गर्नुपर्ने समय हो, किनभने आजको प्रयासले भविष्यका लागि स्कलरसिप, सहुलियत वा विशेष अवसर प्राप्त हुनसक्छ । बौद्धिक क्षमताको प्रस्फुटन हुनाले सृजनात्मक सफलता मिल्नेछ, सद्विचारबाट प्रेरित भएर काम गर्नुपर्छ, आँटेको काम सजिलै सम्पादन हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

परिबन्द र बाध्यतामा खुम्चनुपर्दा मन निरस बन्नसक्छ, चाहँदाचाहँदै पनि पार्टनरको इच्छानुसार समय दिन नपाउँदा झन् नरमाइलो लाग्नसक्छ । नयाँ योजना सुरु गर्ने, राम्रो अवसर मिल्ने तथा नयाँ ज्ञान सिक्ने मौका छ । धैर्य एवं लगनशीलता भएमा ताकेको काममा सफलता मिल्नेछ । दिगो लगानीबाट फाइदा हुनेछ । सरसापटी वा कर्जामार्फत अतिरिक्त धन र आवश्यकताका वस्तु जुटाउन सकिने छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

कुनै विद्वान् व्यक्तिका साथमा निकटता बढ्ने समय हो, नजानेको कुनै कुरा छ भने दाजु/दिदी वा गुरु/गुरुआमाको सहायता लिंदा लाभ पाइने छ ।  विशिष्ट व्यक्तित्वसँग उठबस हुनेछ । सामाजिक नेतृत्व हातलागी हुनेछ, अझ सरकारी काम वा राजनीतिमा सक्रिय हुनुहुन्छ भने सानो प्रयासले मात्र पनि ठूलो अवसर पाउन सक्नुहुन्छ । सहकर्मी र जुनियर स्टाफको काममा अलमलिंदा नियमित काममा बाधा पुग्न सक्छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

व्यक्तिगत खुसी र सुखसुविधाका लागि खर्च गर्न मन हौसिन्छ । आम्दानीमा लगातार बृद्धि भइरहँदा यी खर्चको खास प्रभाव पर्नेछैन, तथापि अहिले आय र व्ययको सन्तुलन कायम राख्ने प्रयास गर्नुपर्छ । दोहोर्याएर काम गर्नु परे पनि नतिजा लाभदायक नै रहने छ । बोली र व्यवहारले धेरैलाई आकर्षित तुल्याउन सकिन्छ र विशेष अवसर प्राप्त हुनसक्छ ।  पार्टनरको इच्छानुसार कतै खानपान वा घुमघाममा जानुपर्ने हुन्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

मानसिक चिन्ता बढेपनि श्रमको उचित मूल्याङ्कन हुनेछ । आफन्तको प्रगतिले मन रमाउनेछ । कार्यक्षेत्रमा व्यस्त रहँदा गर्नैपर्ने काममा बाधा हुनेछ । नयाँ कामको थालनी गर्न अनुकूल समय छ । व्यवस्थापकीय कमी कमजोरी हटाउन प्रयास गर्नुहोला, कामदार र सहयोगीको सुझाव लाभप्रद रहनेछ । नयाँ ठाउँमा घुम्न जाने वा कुनै नयाँ काम प्रारम्भ गर्ने समय छ । घरैमा बसे पनि भविष्यमा चाहिने वस्तुको जोहो गर्न मन लाग्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

प्राविधिक कार्यमा सफलता पाइनेछ । सामाजिक क्षेत्र वा वित्तीय संस्थाबाट सहयोग पाइनेछ । प्रेम सम्बन्धमा सुदृढता आउनेछ । घरजग्गा वा कुनै स्थिर सम्पत्तिका लागि धनसञ्चय गर्न सकिने छ । तरल पदार्थको कारोवार, खाद्य पदार्थ, सौन्दर्य प्रसाधनका वस्तुहरू र फलफूल/तरकारीको व्यवसायमा विशेष लाभ हुने दिन हो । तालसाँचो बलियो बनाउनु होला । सानो भुलचुकमा समेत मालसामान हराउने सङ्केत छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

सिनियर्स वा अभिभावकका तुलनामा जुनियर्स वा भाइबहिनीको सहायता लाभप्रद बन्नेछ । राजनीति वा समाजसेवा तपाईंको कार्यक्षेत्र हो भने आज हरेक काममा नेतृत्वदायी भूमिका वहन गर्नु पर्नेछ । तामेलीमा परेका कामको सम्पादन गरिने र नयाँ काम सुरु गर्ने समय छ । बोनस वा अतिरिक्त आम्दानी हातलागी हुनाले सँगीसाथीसँग रमाइलो गर्न मन हौसिने छ । निराशा र छटपटीको अन्धकारलाई हटाउने छ ।

प्रतिक्रिया दिनुहोस्