Logo

आज २०८१ साल कार्तिक १ गते बिहीवारको राशिफल



मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

समयमा होस नपुग्नाले खर्च बढ्नेछ। प्रयत्नले सामान्य उपलब्धि दिलाउनेछ। खर्च लागे पनि कम मात्र फाइदा हुनेछ। केही दाैडधुप तथा भ्रमण हुने समय छ। शुभचिन्तकहरूलाई बेवास्ता गर्दा दुःख पाइएला।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

काम बन्नाले राम्रै लाभांश लिने अवसर प्राप्त हुनेछ। तर काम सम्पादन भए पनि तत्काल आम्दानीको आशा नराख्नुहोला। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दु:ख पाइनेछ। आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

परिस्थितिवश काममा केही उल्झन हुनेछ भने अरूको मुख ताक्नाले पछि परिनेछ। तापनि मिहिनेत गर्दा चिताएको काम सम्पादन हुनेछ। सहयोगीहरूले हिम्मत दिलाउनेछन्। व्यापारमा पनि फाइदै हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

काममा केही अलमल देखिए पनि आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। सामाजिक काममा रुचि बढ्नेछ। चुनौतीहरू बिस्तारै हट्नेछन् भने अवसर तथा सफलताले पछ्याउनेछन्। टाढिएका मित्रगण नजिकिनाले प्रसन्नता मिल्नेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

चिताएको काम बिग्रनाले आर्थिक क्रियाकलापमा बाधा पुग्न सक्छ। गोपनीयता बाहिरिनाले लक्ष्यमा पुग्न अप्ठ्यारो पर्नेछ। तापनि रोकिएको काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। तत्काल उपलब्धि प्राप्त नभए पनि सम्भावना खोजी गर्ने समय छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

परिवेश उल्लासमय रहे पनि जीवनशैली व्यस्त रहनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। अतिथिका रूपमा सत्कारसमेत पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

जिम्मेवारी बढ्नाले लक्ष्यमा पुग्न समय लाग्नेछ। अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ। काममा सोचेको फाइदा नउठे पनि प्रतिस्पर्धा, विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

परिवेश उत्साहवर्द्धक रहे पनि जीवनशैली व्यस्त रहनेछ। प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ। अध्ययनमा धेरै समय दिन नसकिएला। भेटघाट तथा लोकाचारका लागि अधिक समय बित्न सक्छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

तत्कालको फाइदा हेर्दा परिस्थिति बिग्रन सक्छ। धेरै लाभ उठाउन नसकिए पनि समस्या सुल्झनेछन्। पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। टाढिएका आफन्त नजिकिन सक्छन्।

मकर(भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। लगानी गर्दा व्यवसायमा मनग्य धनलाभ हुनेछ। तर बेलामा होस नपुर्याउँदा केही समस्या झेल्नुपर्ला। परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

नयाँ जिम्मेवारी प्राप्त हुनुका साथै काममा ठूलै फड्को मार्न सकिनेछ। मनग्य धनलाभ हुनाले पारिवारिक आवश्यकता पूर्ति हुनेछ। रोकिएको काम सम्पादन हुनेछ। साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्न सक्छ। श्रमको उचित मूल्यांकन हुनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

काममा राम्रो सुरुवात हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

प्रतिक्रिया दिनुहोस्