मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। खानपान एवं मनोरञ्जनमा रमाउने समय छ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यापार–व्यवसायमा मनग्य आम्दानी बढ्नेछ। समयमा सजग नहुँदा कर्मफल अरूले हत्याउने चेष्टा गर्नेछन्। स्वास्थ्य कमजाेर रहनेछ, आहारविहारमा ध्यान पुर्याउनुहोला।
वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
चुनौतीपूर्ण जिम्मेवारी आए पनि बुद्धि–विवेकले काम लिन सकिनेछ। केही खर्च भए पनि काम बन्नेछ। शत्रु र राेगमाथि विजय प्राप्त हुनेछ। भौतिक साधन प्राप्त हुनेछन्। व्यापार बढ्नेछ भने यात्राकाे साइत जुर्न सक्छ। दिउँसाेतिर प्रियजनसँग भेटघाट हुनेछ र आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
कामको मेसो नमिल्दा केही अलमल हुनेछ। समयमा गम्भीर नबन्दा पनि दु:ख पाइनेछ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। दिउँसोदेखि चुनौती पन्छाएर काम बनाउन सकिनेछ। प्रतिस्पर्धामा उत्रनुपरे पनि बुद्धिको उपयोगले प्रतिष्ठा दिलाउनेछ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
जिम्मेवारी प्राप्त भए पनि बेलामा होस नपुर्याउँदा केही चुनौती आउन सक्छन्। काममा प्रतिस्पर्धा बढ्नेछ तापनि व्यवसायमा मनग्य लाभ हुनेछ। मध्याह्नपछि अवसरवादीहरूले झुक्याउन सक्छन्। आफन्त र साथीभाइसँग पनि सन्तुलित व्यवहार गर्नुपर्ला। बिना योजना काम थाल्दा दु:ख पाइनेछ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
अवसर प्राप्त भए पनि आत्मविश्वासको कमीले पछि परिनेछ। फजुल खर्च बढ्नेछ। शुभचिन्तकहरूको भावनालाई बेवास्ता गर्दा दु:ख पाइनेछ। वादविवादमा अघि नसर्नुहोला। दिउँसोदेखि नयाँ योजनातर्फ अग्रसर भइनेछ। साहसी काम गरेर अरूको मन जित्न सकिनेछ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ। काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ। हतारमा निर्णय लिँदा काम दोहोर्याउनुपर्ला। शुभचिन्तकहरूको सुझाव नमान्दा दुःख पाइनेछ। धेरै बोल्दा समस्या आउन सक्छ। हातमा आएको रकम अरूका लागि खर्चनुपर्नेछ।
वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)
आकस्मिक खर्च बढ्नेछ भने आम्दानी कम हुनेछ। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। टाढाको यात्रा खर्चिलो र कष्टकर बन्न सक्छ। दिउँसोदेखि महत्त्वाकांक्षी काम प्रारम्भ गर्न सकिनेछ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
प्रयत्न गर्दा व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। श्रमको उचित मूल्य पाइनेछ। आम्दानी बढ्नेछ। रोकिएको काम बन्नेछ र जिम्मेवारी पनि बढ्नेछ। दिउँसोदेखि अवसरका लागि केही दौडधुप गर्नुपर्ला। व्यवसायमा थप लगानी आवश्यक पर्नेछ। भैपरी आउने समस्यामा समय बित्नेछ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
शुभचिन्तकहरूको सुझाव नमान्दा दुःख पाइनेछ। समस्या सुल्झाउँदै अघि बढ्नुपर्ने समय छ। साथीभाइ टाढिनेछन्। काम राेकिनाले दोहोर्याएर प्रयत्न गर्नुपर्ला। दिउँसोदेखि गुमेको स्थान प्राप्त हुनाले आफ्नो वर्चस्व बढ्नेछ। आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन्।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
समाजमा विवादास्पद काम गर्नुपर्दा समस्यामा परिनेछ। ईर्ष्यालु मन भएकाहरूले सताउनेछन्। अरूका काममा धेरै समय व्यतीत गर्नुपर्नेछ। हडबडको त्रुटिले काम दोहोर्याउनुपरे पनि दिउँसाेदेखि स्थितिमा सुधार आउनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। व्यवसायमा पनि प्रगति हुनेछ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
अस्वस्थताले काममा बाधा पुग्न सक्छ। खर्च र चुनौतीको समय रहेको हुँदा अलि सजग रहनुपर्ला। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका हुन सक्छ। दिउँसाेदेखि आंशिक फाइदा भए पनि काम पूरा गर्न समय लाग्नेछ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।