Logo

आज २०८१ साल पुस १९ गते शुक्रवारको राशिफल



मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

बिहान अरूको इच्छाअनुकूल काम गर्नुपर्ने देखिन्छ। आफ्ना कमजोरी भरसक सार्वजनिक नगर्नुहोला। किनमेलमा केही रकम खर्च हुनेछ। दिउँसोदेखि स्थितिमा सुधार आउनेछ र गुमेको स्थान प्राप्त हुनाले आफ्नो वर्चस्व बढ्नेछ। मेहनत गर्दा आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन्।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

आँटेका काम बिहानै गर्दा फाइदा हुनेछ। सामाजिक जिम्मेवारी तथा नेतृत्व हातलागी हुनेछ। अध्यात्मभाव जागृत हुनाले परोपकारमा मन जानेछ। दिउँसाेदेखि पुरुषार्थी काम गर्दै लाभ उठाउन सकिनेछ। काम पूरा नभए पनि दिगो योजना बन्नेछ। दिगाे उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ने हुनसक्छ। शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ। मध्याह्नदेखि स्थितिमा सुधार आउनाले नयाँ काम गर्ने अवसर जुट्नेछ। विशेष भेटघाटले उत्साह जगाउनेछ। दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

चिताएकाे काम बिहानै गर्दा फाइदा हुनेछ। रमाइलाे यात्रा हुनेछ। आतिथ्यपूर्ण सम्मान पाइने समय छ। व्यापार–व्यवसायमा फाइदा उठाउन सकिनेछ। तर मध्याह्नदेखि हिसाबमा देखिएको लाभांश हातलागी हुन समय लाग्नेछ। वादविवादले मित्रताको बन्धन कमजोर रहला।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

सम्भावना देखिए पनि प्रतिस्पर्धा बढ्नाले ठूलो उपलब्धि नहुन सक्छ। नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला। मध्याह्नपछि मिहिनेतको राम्राे फल प्राप्त हुनेछ। आयस्राेत बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

बिहानको समय सानोतिनो समस्यामा अलमलिनुपर्ला। कमजोर नतिजा सच्याउन काम दोहोर्याउनुपर्ने देखिन्छ। मिहिनेतीहरूका लागि दिन उत्साहजनक नै रहनेछ। बुद्धिको उपयोगले समस्या सुल्झाउन सकिनेछ। दिउँसाेदेखि स्थिति अनुकूल बन्नेछ। प्रतिस्पर्धामा विजयी भइनेछ भने ईर्ष्या गर्नेहरूले हार खानेछन्।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

बिहानको काम सन्तोषजनक नभए पनि बिस्तारै मनको डर हराउनेछ। मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। पढाइमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ। सहपाठीहरू पछि पर्नेछन् भने प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)

अवसरले पछ्याए पनि चुनौतीहरूसँग जुध्नुपर्नेछ। प्रगतिमा ईर्ष्या गर्नेहरूले दु:ख दिनेछन्। तापनि लगनशीलताले आंशिक उपलब्धि दिलाउनेछ। मध्याह्नपछि भने चुनौती पन्छाएर काम बनाउन सकिनेछ। बुद्धिको उपयोगले सफलता मिल्नेछ। बन्धु–बान्धवबीच आत्मीयतामा कमी आउन सक्छ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

महत्त्वपूर्ण काम बिहानै गर्नु राम्रो हुनेछ। आँट गर्दा दिगो काममा हात हाल्न सकिनेछ। बोलीको प्रभाव बढ्नाले विशेष अवसर प्राप्त हुनेछ। मध्याह्नदेखि नयाँ योजनातर्फ अग्रसर भइनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुने ग्रहयोग छ। रोकिएकाे काम बन्नेछ। नयाँ काम सुरु गर्ने समय छ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउनेछ। हिम्मतले काम बनाउन सकिनेछ। पछिसम्म लाभ हुने काम प्रारम्भ गर्न सकिनेछ। मध्याह्नदेखि नयाँ काम प्रारम्भ हुनेछ। बोलीको प्रभाव बढ्नाले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

अरूको करकापमा काम गर्नुपरे पनि आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। कर्जामार्फत खर्च जुटाउन सकिनेछ। काममा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। मध्याह्नदेखि सहयोगीहरूले साथ दिनेछन् भने नयाँ कामको प्रस्ताव आउनेछ। स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। मध्याह्नदेखि खर्चिलो काम प्रारम्भ हुनेछ। यसका लागि धेरै रकम जुटाउन र आवश्यकता पूरा गर्न सरसापट लिनुपर्ने हुन सक्छ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

प्रतिक्रिया दिनुहोस्