Logo

आज २०८१ साल पुस २० गते शनिवारको राशिफल



मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

आँटले काम बन्नेछ भने आम्दानीले उत्साह जगाउनेछ। श्रमको उचित मूल्यांकन हुनाले राम्रै प्रतिफल हातलागी हुनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। सट्टापट्टा, लेनदेन आदिमा मनग्गे फाइदा हुनेछ। मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। विभिन्न स्रोत–साधन जुट्नेछन्।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

पहिलेदेखि प्रतीक्षा गरिएको काम बन्न सक्छ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। कीर्तिमानी काम गर्ने समय छ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। सामाजिक दायित्व बढ्नेछ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

मेहनत गर्दा मनग्य फाइदा हुनेछ। भाग्यले विभिन्न अवसर जुराउनेछ। तर काममा व्यवधान समेत उत्तिकै देखापर्नेछन्। स्वास्थ्यका लागि खानपानमा ध्यान पुर्याउनुहोला। शुभचिन्तकहरूले साथ दिनाले पहिलेको चुनौती समाप्त होला। काम देखाएर अरूको मन जित्न सकिनेछ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ। पहिलेका समस्या दोहोरिन सक्छन्। चिताएको काममा बाधा पुग्नेछ भने दौडधुपमै समय बित्नेछ। परिस्थितिले अलि अप्ठ्यारो मोडमा पुर्याउन सक्छ। विशेष योजना स्थगित हुन सक्छ। अरूका लागि बुद्धि खर्चनुपर्नेछ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

परिवारजनको साथले नयाँ आशा जगाउनेछ। मन मिल्ने साथीसँग भेट हुनेछ। कामको चापबाट फुर्सद पाइनेछ। पेसा–व्यवसायमा मनग्य आम्दानी हुनेछ। विभिन्न सहयोग र उपहार हातलागी हुने समय छ। रमाइलो यात्रा गर्ने साइत जुर्नेछ। टाढिएका साथीभाइ पनि नजिकिनेछन्।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। परिस्थितिसँग सम्झौता गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। नयाँ योजना शुभारम्भ गर्ने समय छ। बुद्धिको उपयोगले पहिलेको उपलब्धि जोगाउन सफल भइनेछ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धामा अग्रस्थान हासिल हुनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन्। सेवामूलक कामबाट धनलाभ हुनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)

बेसुरमा दिएकाे वचनले अप्ठ्यारोमा पार्न सक्छ। ढिलासुस्तीले पनि काम बिग्रन सक्छ। असंयम व्यवहारले साथीभाइ टाढिन सक्छन्। अरूको साथ दिँदा उनीहरूकै फाइदाका लागि उपयोग भइनेछ। पहिलेको निर्णय पुनर्विचार गर्नुपर्ने स्थिति आउन सक्छ। कृषि र पशुपालनबाट सामान्य लाभ हुनेछ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

आवश्यक पर्दा सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रुहरू परास्त हुनेछन् र प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ। आम्दानी बढ्नेछ। विगतका कर्मको उचित प्रतिफल पाइनेछ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

शुभचिन्तकहरूको साथ जुट्नाले काममा उत्साह जाग्नेछ। अध्ययनमा प्रगति हुनेछ, लेखनमा निखारता आउनेछ। बाेलीकाे भरमा काम बन्नेछ। लगनशीलताले संकल्प पूरा हुनेछ। काम दोहोर्याउनुपरे पनि कमजोर नतिजा सच्याउन सकिनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

सुन्दर पहिरनमा मन रमाउनेछ। आगन्तुकहरूकाे उपहारले प्रसन्नता मिल्नेछ। कामले जीवनशैली व्यस्त रहनेछ। पछिका लागि कर्मफल सञ्चय गर्ने समय छ। मेहनतले अवसर दिलाउनुका साथै दैनिकीमा परिवर्तन आउनेछ। पहिलेको सफलताले उत्साह जगाउनेछ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

बेलामा होस नपुर्याउँदा केही चुनौती आउन सक्छन्। फाइदाका पछि लाग्दा आफ्नै धनमाल गुम्न सक्छ। साथीभाइसँग पनि असमझदारी बढ्न सक्छ। खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्ने समय छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

प्रतिक्रिया दिनुहोस्