मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
खानपानको असावधानीले स्वास्थ्य प्रतिकूल रहला। आम्दानी रोकिनाले केही योजना स्थगन हुन सक्छन्। काम बिग्रने भयले पनि सताउनेछ। पहिलेका समस्या दोहोरिनाले अलमलमा परिएला। गोपनीयता बाहिरिनाले पनि केही समस्या आइपर्न सक्छ। साँझदेखि स्थितिमा सुधार आउनाले कर्मको साधना सिद्ध हुनेछ।
वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। आफ्नै प्रयासले अधिकार स्थापित गर्न सकिनेछ। आर्थिक लाभ हुने काम पनि सम्पादन हुनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग भने लाभदायी बन्नेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम सुरु हुनेछ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
मान्यजनको मार्गदर्शन अनुचित लाग्न सक्छ। कमजोर विकल्प अँगाल्नाले कुनै अवसर गुम्न सक्छ। प्रतीक्षित नतिजा कमजोर देखिनेछ र चुनौतीहरूसँग जुध्नुपर्नेछ। सहयोगीहरूले साथ दिए पनि प्रगतिमा ईर्ष्या गर्नेहरूले दु:ख दिनेछन्। तापनि साँझतिर स्थितिमा सुधार आउनाले उत्साह जाग्नेछ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
दिनभरि विभिन्न कामका अवसर प्राप्त हुनेछन् भने पेसा–व्यवसायमा पनि फाइदा हुनेछ। काममा श्रम परे पनि राम्रो प्रतिफल प्राप्त हुनेछ। व्यापारमा मनग्य लाभ हुनेछ। सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ। अवसरले उत्साह जगाउनेछ। साँझतिर केही घरायसी समस्याले पिरोल्न सक्छ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
विभिन्न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ। प्रतिद्वन्द्वीहरूलाई सजिलै हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्। परिस्थितिवश आँटेको काममा विलम्ब हुनेछ। सहयोगीहरूले बीचैमा हात झिक्न सक्छन्। मौका आए पनि समयमा जागरुक नबन्दा पछि परिनेछ। उपलब्धिका लागि दोहोर्याएर काम गर्नुपर्ला। धेरै लाभ उठाउन नसकिए पनि समस्या सुल्झाउन सकिनेछ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
खर्चिलाे कामले अर्थ अभावको स्थिति रहनेछ। आफन्तजनबाट टाढिनुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ। लाभप्रद कामले लोभ्याए पनि फजुल खर्च हुन सक्छ। अवसरका लागि कडा परिश्रम गर्नुपर्ला। साँझतिर पारिवारिक भेटघाटले खुसियाली छाउनेछ।
वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)
आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुट्नेछन्। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्ने समय छ। छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ। व्यापारमा मनग्य फाइदा हुनेछ। साँझतिर आफ्नाे रकम अरूका लागि खर्च हुनेछ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
आजकाे दिन केही संघर्षमय रहने देखिन्छ। जिम्मेवारी थपिए पनि स्वास्थ्य कमजाेर रहनाले काममा बाधा पुग्नेछ। धेरै समय अरूका लागि खर्चनुपर्ला। तापनि कर्मयोगले नाम, दाम र इनाम दिलाउन सक्छ। साँझदेखि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिलेका कामबाट पनि प्रशस्त लाभ हुनेछ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
रोकिएको काम बन्नाले उत्साह जाग्नेछ। मिहिनेतले लक्ष्यमा पुग्न सकिनेछ। अवसरले पछ्याउनेछन् भने दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। नयाँ काममा हातहाल्ने समय छ। पेसा–व्यवसायमा मनग्य फाइदा उठाउने बेला छ। साँझदेखि दिगो काम प्रारम्भ हुनेछ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
अस्वस्थताले काममा बाधा पुग्न सक्छ। खर्च र चुनौतीको समय रहेको हुँदा अलि सजग रहनुपर्ला। समस्या दर्साउँदा सहयोगीहरूले साथ दिनेछन् भने बुद्धिकाे उपयाेगले लक्ष्य पहिल्याउन सकिनेछ। साँझदेखि स्थिति अनुकूल बन्दै जानेछ। श्रम परे पनि लगनशीलताले केही उपलब्धि दिलाउन सक्छ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
आँटले काम लिन नसक्दा केही पछि परिनेछ। समयको तालमेल नमिल्दा योजना अधुरै रहनेछ। ईर्ष्या गर्नेहरू सक्रिय रहनेछन् भने अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। सानातिना काममै अल्झनुपर्नेछ। साँझतिर सानो प्रयत्नले कीर्तिमानी कामको यश लिने सौभाग्य प्राप्त हुनेछ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।