Logo

आज २०८१ साल मंसिर २५ गते मंगलवारको राशिफल



मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

दिगो योजनाका लागि धेरै रकम जुटाउनुपर्ला। अवसरका लागि केही दौडधुप गर्नुपर्नेछ। खर्च लागे पनि नयाँ तथा दिगो काममा लगानी बढाउने अवसर प्राप्त हुनेछ। यात्राको प्रक्रिया अघि बढ्न सक्छ। टाढाका साथीभाइसँग आत्मीयता बढ्नेछ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

भाषण आदिमा प्रशंसा मिल्नेछ। नयाँ र शुभ कार्यको योजना बन्नेछ। सृजनात्मक क्षमतालाई प्रस्फुटन गर्न सक्नुहुन्छ। आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ। नयाँ ठाउँको रमाइलो यात्रा हुनेछ। भाग्यशाली रङ खैरो हो भने अङ्क २ रहेको छ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

मिष्ठान्न भोजनको अवसर प्राप्त हुनेछ। घरपरिवारमा रमाइलो वातावरण छाउनेछ। विशिष्ट व्यक्तिबाट पुरस्कार तथा हौसला प्राप्त होला। प्रणय सम्बन्धको लागि समय उत्तम रहेको छ। दानपुण्यका कार्यमा सहभागी भइनेछ। भाग्यशाली रङ सेतो र अङ्क ७ हो।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ। प्रेम सम्बन्धमा मधुरता छाउनेछ। काम देखाएर अरूको मन लोभ्याउन सकिन्छ। महत्त्वपूर्ण काममा सफल भइनेछ। आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला।  भाग्यशाली रङ सेतो र अङ्क ७ हो।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

सुखदुःख बराबर रहनेछ। काम बिगार्नेहरू सक्रिय हुनेछन्। यात्रा गर्दा ध्यान दिनुहोला बाटोमा दुःख हुन सक्छ। सामाजिक कार्य गर्दा मानप्रतिष्ठा कायम राख्न गोपनीयतामा ध्यान पुर्‍याउनु पर्छ। भाग्यशाली रङ हरियो र अङ्क १ हो।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

रमाइलो यात्राको योग छ। रोकिएका काम सुचारु हुने छन्। न्यायिक क्षेत्रमा संलग्न व्यक्तिले राम्रै सफलता प्राप्त गर्नेछन्। कृषि क्षेत्रको व्यवसायबाट राम्रो प्रतिफल पाउन सकिन्छ। अचल सम्पत्ति हात पर्न सक्छ। भाग्यशाली रङ निलो र अङ्क ७ रहेको छ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। शुभकार्यको चर्चा चल्नेछ। शुभ समाचार सुन्न पाइएला। सेयर बजारबाट राम्रै सफलता पाइनेछ। राज्यस्तरबाट लोभलाग्दा अवसर प्राप्त हुनेछन्। भाग्यशाली रङ पर्पल र अङ्क ६ हो।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)

भाग्यले विभिन्न अवसर जुराउनेछ। बहुप्रतीक्षित काममा सफलता हात पर्न सक्छ। महिला वर्गबाट विशेष सहयोग मिल्ला। कार्यक्षेत्र वा समाजमा कुरा काट्नेको सङ्ख्या बढे पनि साथी र दाजुभाइले राम्रो सहयोग गर्नेछन्। भाग्यशाली रङ खैरो र अङ्क ४ रहेको छ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ। वैदेशिक कार्य अघि बढ्नेछ। बाहिरी खानपान, समय र स्वास्थ्यको विशेष ख्याल गर्नुपर्नेछ। साँझमा कुनै समाचारले मन खुसी रहला। भाग्यशाली रङ पहेँलो र अङ्क ९ हो।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

रोकिएका काम पूरा हुनेछन्। गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ। पढाइलेखाइमा राम्रो नतिजाका साथ सफलताका सिँढी चढ्न सकिनेछ। प्रेमका कोपिलाहरू फक्रिएर जानेछन्। भाग्यशाली रङ रातो र अङ्क ५ हो।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

चलाखीपनले कार्यसिद्ध हुनेछ। साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ। राम्रो पहिरनले अरूको नजर आफूमाथि पार्नेछ। वाहन लाभ हुनेछ। वैदेशिक कार्य कमजोर रहला। मुद्दामामिलाबाट टाढिनु नै जाति हुन्छ। भाग्यशाली रङ गुलाबी र अङ्क ८ हो।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

समस्या आइलागे पनि हल समेत निस्कनेछ। आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। मनोरञ्जनमा सहभागी भइएला। मित्रबाट सहयोग जुट्नेछ। साथीको सहयोग र हौसला मिल्नेछ। भाग्यशाली रङ सेतो र अङ्क १ हो।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

प्रतिक्रिया दिनुहोस्