मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
परिस्थिति सोचेजस्तो नहुनाले फाइदा कम हुनेछ। अवसर प्राप्त भए पनि मेसो नमिल्नाले काममा ढिलासुस्ती हुन सक्छ। पढाइलेखाइमा सोचेजस्तो प्रगति गर्न नसकिए पनि गुरुजनको सुझाव र सहयोग लाभदायी बन्नेछ। तत्काल लाभ नभए पनि व्यापारको स्रोत पहिल्याउन सकिनेछ।
वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
अवसर प्राप्त भए पनि परिस्थिति सोचेजस्तो अनुकूल नहुन सक्छ। हडबडीले काम बिग्रन सक्छ। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। शुभचिन्तकहरूको मनोभाव विचार गरेर अघि बढ्नुहोला। दोहोर्याएर प्रयास गर्दा रोकिएकाे काम बन्नेछ। साथीभाइको सहयोग जुट्नाले उत्साह थपिनेछ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
परिस्थिति सोचेजस्तो अनुकूल नहुन सक्छ। आवेशमा काम गर्दा विवादमा परिनेछ। दाजुभाइमा केही असमझदारी देखापर्न सक्छ। आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। मौका आए पनि काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। अवसर र व्यवधानका बीचबाट कर्मयोग अघि बढ्नेछ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
मिहिनेतले मानसम्मान दिलाउनेछ। बोली र विचारका प्रशंसकहरू बढ्नेछन्। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। सहयोगीहरूले साथ दिने हुँदा रोकिएका काम पनि सम्पादन हुनेछन्।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
साथीभाइको आगमनले दिन मनोरञ्जनपूर्ण हुनेछ। रमाइलो जमघट एवं भोजभतेरको अवसर प्राप्त हुनेछ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। पढाइमा प्रगति हुनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
खर्चको जोहो गर्न आफन्त र परिवारबाट टाढिनुपर्ला। आर्थिक प्रलोभन देखाउनेहरूबाट सजग रहनुहोला। समस्या पर्दा सहयोग गर्नेहरू भेटिनेछन्। खर्च लागे पनि दिगो फाइदा हुने काम फेला पर्न सक्छ। टाढाका साथीभाइको निम्तो प्राप्त हुने समय छ। अवसरको खोजीमा केही दौडधुप भने गर्नुपर्ला।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
आम्दानीका विभिन्न स्रोत फेला पर्नेछन्। मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। आँटले काम सम्पादन हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ। विभिन्न भौतिक साधन प्राप्त हुनेछन्। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ।
वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)
अवसरसँगै चुनौतीसमेत देखा पर्नेछन्। सहयोगको नाममा आफ्ना कमजोरीको फाइदा उठाउनेहरू फेला पर्नेछन्। आवेशको व्यवहारले समस्या निम्त्याउनेछ, सजग रहनुहाेला। अरूका लागि समय खर्चनुपर्ला। नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
मिहिनेत परे पनि प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। चुनौतीहरू स्वतः हट्नेछन् भने अवसर तथा सफलताले पछ्याउनेछन्। टाढिएका मित्रगण नजिकिनाले प्रसन्नता मिल्नेछ। सामाजिक काममा रुचि बढ्नेछ। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। अभाव हट्नुका साथै नाम, दाम र इनाम प्राप्त हुनेछ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल प्राप्त नहोला। काम बिग्रने भयले सताउनेछ। न्यून उपलब्धिमै चित्त बुझाउनुपर्ला। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। पहिलेका समस्या दोहोरिन सक्छन्। सानातिना घरेलु कामले अल्झाउन सक्छ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
समयमा वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्न सक्छन्। हतारमा निर्णय लिने बानीले काम दोहोर्याउनुपर्ने हुन सक्छ। घुमफिर तथा मनोरञ्जनमा समय बित्नेछ। भोग–विलास र सुख–सुविधाका लागि केही खर्च बढ्न सक्छ। केही विवादास्पद जिम्मेवारी समेत वहन गर्नुपर्ला।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
खर्च लागे पनि प्रयत्न गर्दा आंशिक काम बन्नेछ। थोरै लाभ भए पनि अभाव टर्नेछ। पछि लाभ हुने काम प्रारम्भ हुन सक्छ। आफ्नाे हकभाेगमाथि अरूले दाबी गर्न सक्छन्। असंयम व्यवहारले शत्रुता बढाउन सक्छ। गलत चिन्तन प्रकट गर्दा स्वयं आलोचित भइनेछ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।