मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। पहिलेको सफलताले हौसला जगाउनेछ। बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। बौद्धिक क्षमताको तारिफ हुनेछ भने व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ।
वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
अरूको करकापमा काम थालनी भए पनि फाइदै हुनेछ। टाढाका साथीभाइले साथ दिनेछन्। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। केही वस्तु त्याग्नुपरे पनि कर्जामार्फत धन जुट्नेछ। केही खर्च लागे पनि देश–विदेशको यात्रा गर्ने अवसर प्राप्त हुनेछ। तर आफ्ना कमजाेरीकाे फाइदा अरूले उठाउन सक्छन्।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
पहिलेको उपलब्धिले उत्साह जगाउनेछ। उद्योग र व्यापारमा सामान्य फाइदै हुनेछ। गरिएका कर्मको सामान्य प्रतिफल पाइनेछ। तर, परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ। सानोतिनो काममा सञ्चित रकम खर्चनुपर्ला। बेलामा होस नपुर्याउँदा बाध्यतामा परिनेछ। व्यापारतर्फ हिसाबकिताबमा होसियार रहनुहोला।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। नयाँ काम प्रारम्भ हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। पहिलेको सफलताले हौसला जगाउनेछ। बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। बौद्धिक क्षमताको तारिफ हुनेछ भने व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
अरूको करकापमा काम थालनी भए पनि फाइदै हुनेछ। टाढाका साथीभाइले साथ दिनेछन्। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। केही वस्तु त्याग्नुपरे पनि कर्जामार्फत धन जुट्नेछ। केही खर्च लागे पनि देश–विदेशको यात्रा गर्ने अवसर प्राप्त हुनेछ। तर आफ्ना कमजाेरीकाे फाइदा अरूले उठाउन सक्छन्।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन्। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि जग बसाउने मौका छ। आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ। मिहिनेतको फल प्राप्त हुनेछ। नोकरी तथा पेसा–व्यवसायमा विशेष फाइदा उठाउन सकिनेछ।
वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)
नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ने हुनसक्छ। पहिलेका कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्न सक्छ। तापनि, आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। भविष्यका लागि नयाँ कामको जग बसाउने मौका छ। सामाजिक कामको जिम्मेवारी प्राप्त हुनेछ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ। सामाजिक दायित्व बढ्नेछ। सानो प्रयत्नले समाजकै लागि फाइदा हुने काम गर्न सकिनेछ। तारिफयोग्य काम गर्दै लोकप्रियता हातपार्न सकिनेछ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
व्यस्तता बढ्नेछ भने शारीरिक थकानले कमजोरी अनुभूति हुनेछ। गोप्य सूचना बाहिरिनाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। पहिलेका समस्या दोहोरिनाले पनि अलमल बढ्न सक्छ। समयको तालमेल नमिल्दा योजना सम्पन्न नहुन सक्छ। केही जोखिमपूर्ण वा विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
भेटघाटमा अलमल हुनेछ। अरूका विषयमा चासो लिँदा झमेला आइलाग्न सक्छ। लेनदेनमा कुरा नमिल्दा वादविवाद हुन सक्छ। व्यापार व्यवसायमा सोचेको फाइदा नउठ्ने देखिन्छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन समय पर्खनुहोला। कर्जा र उधारो व्यापारमा चनाखो रहनुपर्नेछ। नियमित काममा साबिकजस्तै फाइदा भइरहनेछ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
उधारोमा व्यापार गर्नुपर्ला। आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्। स्वास्थ्य-चिन्ताले पनि सताउनेछ। अध्ययनमा बाधा हुनेछ भने अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। लक्ष्य प्राप्त गर्न समय लाग्नेछ। मिहिनेत गरीकन चिताएको मूल्य प्राप्त नहुने देखिन्छ। लक्ष्य प्राप्त गर्न केही समय लाग्नेछ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।