मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
भेटघाटले उत्साह जगाउनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। दिगो काममा जग बसाउने मौका छ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। दिउँसोदेखि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। कामबाट प्रशस्त लाभ हुनेछ। श्रमको उचित मूल्यांकन हुनाले मनग्य रकम हातलागी हुनेछ। नयाँ व्यवसायमा लगानी गर्ने वातावरण बन्न सक्छ।
वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ। रोकिएका काम सम्पादन हुनेछन् भने मिहिनेतले विशेष जिम्मेवारी दिलाउनेछ। भौतिक साधन जुट्नाले साहसी काम गरेर लाभ उठाउन सकिनेछ। मध्याह्नदेखि अरूको दबाबमा परिने सम्भावना छ। आफ्ना कमजोरी भरसक सार्वजनिक नगर्नुहोला। वादविवादमा अघि नसर्नुहाेला।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
आफ्ना कमजोरी भरसक सार्वजनिक नगर्नुहोला। फाइदाका लागि काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। श्रम परे पनि दिउँसाेदेखि विशेष उपलब्धि प्राप्त हुनेछ। भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ। दिगो योजना बन्नेछ र पेसा–व्यवसायमा मनग्य फाइदा हुनेछ। मनमा अध्यात्मभाव जागृत हुनाले परोपकारी काममा प्रवृत्त भइनेछ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
किनमेल गर्दा अनावश्यक सामानमा बढी खर्च हुनेछ। यात्राले थकित भइएला। दिउँसोदेखि स्वास्थ्यबाधा हुन सक्छ। साथ दिनेहरू नहुँदा दुःख पाइनेछ। सामान्य काममा धन र श्रम समेत खर्च हुनेछ। सहयोगीहरू पछि हट्नेछन् भने कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
केही खर्च भए पनि काम बन्नेछ। शत्रु र राेगमाथि विजय प्राप्त हुनेछ। भौतिक साधन प्राप्त हुनेछन्। व्यापार बढ्नेछ भने यात्राकाे साइत जुर्न सक्छ। दिउँसाेतिर प्रियजनसँग भेटघाट हुनेछ भने साँझतिर आतिथ्यपूर्ण सम्मान प्राप्त होला। आफन्तहरूको साथ जुट्नेछ। वादविवादमा अघि नसर्नुहोला, मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
बिहानको समय उपलब्धिमूलक रहनेछ। व्यवसायले आम्दानी बढाउनेछ। आवश्यक भौतिक साधन सजिलै जुट्नेछन्। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। मिहिनेतले नाम र दाम दिलाउनेछ। दिउँसाेदेखि खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। आवश्यकता पूरा गर्न सरसापट वा ऋण लिनुपर्ने हुन सक्छ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। दिउँसोबाट दिगो काम प्रारम्भ गर्न सकिनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र पनि फराकिलो बन्नेछ। पढाइमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ। सहपाठीहरू पछि पर्नेछन् भने प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ।
वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)
अग्रजको सहयोग लिँदा राम्रो हुनेछ। तर विशेष योजना सार्वजनिक नगर्नुहोला। दिउँसोदेखि समय केही प्रतिकूल रहनेछ। बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ। साझेदारीमा असमझदारी बढ्नेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। आस लागेको काम बिग्रिए पनि मेहनत गर्दा पछिलाई फाइदा हुनेछ। हतारमा निर्णय नलिनुहोला।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
प्रयत्न गर्दा रोकिएका काम सम्पादन हुनेछन्। आयस्रोत पनि बढ्नेछ। सहयोगीहरूले काममा साथ दिनेछन्। दिउँसाेदेखि अवसर प्राप्त भए पनि आत्मविश्वासको कमीले पछि परिनेछ। वादविवादमा फसिने डरले सताउन सक्छ। अर्थ अभावले सताए पनि आजको मिहिनेतले भविष्यमा फाइदा दिलाउनेछ। बलजफ्ती गर्दा केही नाेक्सान हुन सक्छ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
पहिलेकाे काम पूरा हुनासाथ नयाँ जिम्मेवारी प्राप्त हुनेछ। आयस्रोत बढ्नेछ। दिगो काम सुरु गर्ने समय छ। दिउँसोदेखि बौद्धिक कलाको प्रभाव बढ्नेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। पहिलेको दुविधाले निर्णायक मोड लिनेछ। काममा शुभचिन्तकहरूले साथ दिनेछन्। तर हतारमा निर्णय लिँदा केही काम दोहोर्याउनुपर्ने हुन सक्छ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
खर्चिलाे काममा हात हाल्नाले रकम जुटाउन कर्जा लिनुपर्ला। तापनि टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। दिउँसाेदेखि परिस्थिति अनुकूल बन्नाले महत्त्वाकांक्षी काम सुरु हुनेछ। तारिफयोग्य कामले प्रशंसक बढ्नेछन्। मिहिनेतले ज्ञान, कला र व्यक्तित्व निखार्ने समय छ। स्वादिष्ट खानपानकाे आनन्द प्राप्त हुनेछ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
केही आम्दानी हुने समय छ। श्रमको उचित मूल्य पाइनेछ। रोकिएको काम बन्नेछ र जिम्मेवारी पनि बढ्नेछ। तर आकस्मिक समस्याले खर्च बढाउने समय छ। दिउँसोदेखि अवसरका लागि केही दौडधुप गर्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने हुन सक्छ। खर्चिलो काम थालनी हुनेछ। यात्राको प्रक्रिया अघि बढाउन सकिनेछ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।