मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
आफ्ना कमजाेरीकाे फाइदा अरूले उठाउन सक्छन्। स्वास्थ्य-चिन्ताले अध्ययनमा बाधा हुनेछ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। मिहिनेत गर्दा बिस्तारै काम बन्नेछ। तर, नयाँ काम थाल्न उचित समय पर्खनुहाेला। आफ्नाे लाभांशमा अरूले दाबी गर्न सक्छन्। पेसा–व्यवसाय सामान्य रूपमा चल्नेछ।
वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
समाजमा तारिफयोग्य काम सम्पादन हुनेछ। मेहनतले राम्रै उपलब्धि दिलाउनेछ। रोकिएका काम समेत सम्पादन हुनेछन्। कर्मयोगले विशेष जिम्मेवारी दिलाउन सक्छ। सानो प्रयत्नले धेरैको भलाइ हुने काम शुभारम्भ हुन सक्छ। तर मेहनतको केही प्रतिफल अरूको हातमा पुग्न सक्छ, सजग रहनुहोला।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति रहनेछ। दिनभर दौडधुप गर्नुपरे पनि काम अधुरो रहला। पहिलेका समस्या दोहोरिनाले उत्साहमा कमी आउला। स्वास्थ्यमा कमजोरी देखापर्नुका साथै उपचारमा खर्च हुने योग छ। महत्त्वपूर्ण समय घरेलु समस्यामै अल्झनुपर्ला।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
दिन मनोरञ्जनपूर्ण रहनेछ। तर धेरै बोल्दा समस्या आउन सक्छ। हातमा आएको रकम अरूका लागि खर्चनुपर्ने देखिन्छ। आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला। परिवारजनको साथले केही समस्या सुल्झनेछन्। उधाराेमा व्यापार गर्नुपर्ने हुन सक्छ। खानपान, मानोरञ्जन र पहिरनको सोखले खर्च बढाउन सक्छ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
अधिक खर्च गर्ने बानीले समस्या निम्त्याए पनि मेहनतीहरूका लागि समय उत्साहजनक रहनेछ। सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। प्रयत्न गर्दा लक्ष्य प्राप्त गर्न सकिनेछ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। चिताएका काम गर्ने क्रममा बाधा आउन सक्छ। सानो कामलाई अधिक खर्च हुनेछ। अर्थ अभाव टार्न कर्जा लिनुपर्ला। अवसरका लागि दौडधुप गर्नुपर्नेछ। बेसुरको निर्णयले पछिलाई समस्या पर्न सक्छ। छिमेकमा असमझदारी बढ्नेछ। साथीभाइ र आफन्तबाट टाढा रहनुपर्ला।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
घर–सल्लाह गरी बेलैमा योजना बनाएर गरेको कामले फाइदा हुनेछ। नियमित काम सम्पादन हुनेछ। नयाँ काममा पनि आफन्तजनले साथ दिनेछन्। प्रयत्न गर्दा विश्वास नलागेको काम समेत बन्न सक्छ। बुद्धिको उपयोगले राम्रै उपलब्धि दिलाउनेछ। शुभचिन्तकहरू जुट्नाले उचित कर्मफल प्राप्त हुनेछ।
वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)
छोटो समयमा राम्रो उपलब्धि हातपार्न सफल भइनेछ। स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। लाभांश बढ्नाले दैनिकीमा परिवर्तन आउनेछ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु तथा प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
बोली र विचारका प्रशंसकहरू बढ्नेछन्। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। सहयोगीहरूले साथ दिने हुँदा रोकिएका काम पनि सम्पादन हुनेछन्। लगनशीलताले नाम, दाम र इनाम हातपार्न सफल भइनेछ। अध्ययनमा प्रगति हुनेछ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
रमाइलो जमघट एवं भोजभतेरको अवसर प्राप्त हुनेछ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। पढाइमा प्रगति हुनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
परिस्थितिवश आफन्तबाट टाढिनुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने अवस्था आउन सक्छ। लाभप्रद कामले लोभ्याए पनि फजुल खर्च हुन सक्छ। अवसरका लागि कडा परिश्रम गर्नुपर्ला। देश–विदेशको यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ। छर–छिमेकमा असमझदारी देखिनेछ भने बेसुरको काममा अलमल हुनेछ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
पछिका लागि लगानी गर्नुपर्ने समय छ। खर्च लागे पनि उपलब्धिले दिन उत्साहजनक रहनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। सहयोगीहरू जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। लामो यात्राको प्रक्रिया पनि अघि बढ्नेछ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।