Logo

आज २०८२ साल चैत १२ गते बिहीवारको राशिफल



मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

नयाँ कामको थालनी हुनेछ। कार्यक्षेत्रमा नेतृत्वको क्षमताको प्रशंसा हुनेछ। सहकर्मीहरूसँग सहकार्य राम्रो रहनेछ। आर्थिक पक्षमा सामान्य सुधार देखिनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

आत्मविश्वासमा वृद्धि हुनेछ। आर्थिक पक्ष सबल हुनेछ। रचनात्मक कार्यतर्फ मन जानेछ। नोकरी वा पेशामा मानसम्मान मिल्ने र पदोन्नतिका योग छन्। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

परिवारको साथ र समर्थनले मन शान्त रहनेछ। आर्थिक रुपमा सावधानी अपनाउनु राम्रो हुन्छ। स्वास्थ्यतर्फ पेट सम्बन्धी समस्या देखिन सक्छ त्यसैले खानपानमा ध्यान दिनुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

बौद्धिक क्षमता बलियो रहनेछ साथै अनुसन्धान र नयाँ योजना बनाउनको लागि उचित समय रहेको छ। काममा सफलता मिल्नेछ तर एकाग्रता कायम राख्नुहोस्। मुहारमा कान्ति र मनमा शान्ति छाउनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ८ रहेको छ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

परिवारसँग समय बिताउनु लाभदायी रहनेछ। कार्यक्षेत्रमा केही चुनौतीहरू आउन सक्छन् तर धैर्य राखे समाधान मिल्नेछ। नोकरी वा पेशामा अधिकारीवर्गहरू सहयोगी सिद्ध हुनेछन्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

नेतृत्वदायी भूमिका निभाउने अवसर प्राप्त हुन सक्छ। व्यापारमा लाभ हुने संकेत छ। सामाजिक प्रतिष्ठा बढ्नेछ। प्रेम सम्बन्धमा सकारात्मक ऊर्जा रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ७ रहेको छ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

आजको दिन योजनाबद्ध ढंगले बित्नेछ। काममा सफलता प्राप्त गर्नको लागि मेहनत गर्नुहोस्। प्रेम सम्बन्धमा शंका उत्पन्न हुन सक्छ त्यसैले संवादमा ध्यान दिनुहोस्। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)

कार्यक्षेत्रमा र व्यक्तिगत जीवनमा सन्तुलन बनाउनुहोस्। नयाँ सम्बन्धहरू बन्ने सम्भावना छ। आर्थिकरूपमा सामान्य लाभ हुनेछ। दाम्पत्य जीवनमा मधुर सम्बन्ध स्थापित हुनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

गोप्य योजनाहरूमा सफल मिल्नेछ। धैर्य र लगनशीलताले महत्वपूर्ण योजनाहरु पूरा हुनेछन्। सवारी साधन चलाउँदा सावधान रहनुहोला। विद्यार्थीहरूको पठनपाठनमा एकाग्रताको कमी देखिनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक १ रहेको छ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

मेहनतले गर्दा जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। प्रत्यक्ष नतिजाले उत्साह जाग्नेछ। पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ। सामाजिक काम गर्ने अवसर प्राप्त हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

कार्यक्षेत्रमा जिम्मेवारी बढ्नाले दबाव महसुस हुनेछ। पशुधन र जग्गा जमिनबाट लाभ आर्जन गर्न सकिएला। आफन्त र छर छिमेकीसंग वैचारिक मतभेद हुन सक्छ सचेत रहनुहोस्। आजको शुभ रंग खैरो हो भने शुभ अंक ४ रहेको छ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

नयाँ विचारले सफलता दिलाउनेछ। सामाजिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। आर्थिकरुपमा दिन लाभदायी रहनेछ। कार्यक्षेत्रमा आफ्नो प्रभुत्व जमाउन सकिनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ९ रहेको छ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

प्रतिक्रिया दिनुहोस्