Logo

आज २०८२ साल चैत १५ गते आईतवारको राशिफल



मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

दिन ऊर्जावान र सकारात्मक रहनेछ। नयाँ काम सुरु गर्नको लागि राम्रो समय रहेको छ। आत्मविश्वासमा वृद्धि हुनेछ साथै नेतृत्व गर्ने क्षमता प्रकट हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

अवसरहरू आउनेछन् र सामाजिक दायरामा विस्तार हुनेछ। साथीभाइसँग रमाइलो समय व्यतीत हुनेछ। व्यापार र करियरमा प्रगति हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

भावनात्मक रुपमा संवेदनशील हुन सक्नुहुन्छ त्यसैले आफूलाई सन्तुलित राख्ने प्रयास गर्नुहोस्। परिवारको सहयोगले मनोबल उच्च रहनेछ। संचित धनमा वृद्धि हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

समाजमा मान प्रतिष्ठा बढ्नेछ र प्रेम जीवनमा सकारात्मक परिवर्तन आउनेछ। आर्थिक रूपमा दिन लाभदायी रहनेछ। बोली प्रभावशाली रहनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ६ रहेको छ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

काममा ढिला सुस्ती हुन सक्छ जसले गर्दा तनाव बढ्न बढ्नेछ। कार्यक्षेत्रमा धैर्य वा संयमता अपनाउनुहोस्। स्वास्थमा कमजोरीको अनुभूति हुनेछ खानपानमा ध्यान दिनुहोला। आजको शुभ रंग रातो हो भने शुभ अंक ७ रहेको छ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

कुनै पनि निर्णय लिनुभन्दा अघि सकारात्मक विश्लेषण गर्नुहोस्। सहकर्मीहरूको सहयोग मिल्नेछ। आर्थिक पक्ष राम्रो रहनेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ५ रहेको छ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

नोकरी वा पेशामा उच्च अधिकारीहरूको सहयोग पाइनेछ। प्रेम सम्बन्ध प्रगाढ रहनेछ। नयाँ योजनाहरू प्रारम्भ गर्न उपयुक्त समय रहेको छ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक २ रहेको छ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)

चुनौतीहरूलाई पन्छ्याउँदै अगाडि बढ्ने अवसर मिल्नेछ। धर्मकर्ममा मन जानेछ। गोप्य कुराहरू साझा गर्नदेखि बच्नुहोस्। विद्यार्थीहरूको अध्ययन अध्यापनमा मन लाग्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

आजको दिन सकारात्मक रहनेछ। करियरमा उन्नति प्रगतिका संकेत छन्। कार्यक्षेत्रमा गोपनीयता भंग हुनाले समस्या व्यहोर्नुपर्ला। स्वास्थ्यप्रति सजग रहनुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

उद्योग व्यापार विशेष फाइदा हुनेछ। गरिएको कार्यबाट छोटो समयमा उचित प्रतिफल पाइनेछ। मेहनतले दाम, नाम र इनाम दिलाउनेछ। शत्रुहरू परास्त हुनेछन्। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक १ रहेको छ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

उद्योग व्यापार विशेष फाइदा हुनेछ। गरिएको कार्यबाट छोटो समयमा उचित प्रतिफल पाइनेछ। मेहनतले दाम, नाम र इनाम दिलाउनेछ। शत्रुहरू परास्त हुनेछन्। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक १ रहेको छ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

सृजनात्मक कार्यमा व्यस्तता बढ्नेछ। नयाँ विचारहरू आउनेछन् जसले तपाईंको कामलाई नयाँ दिशा दिनेछ। मित्रबाट सहयोग र समर्थन मिल्नेछ। आर्थिक रुपमा स्थिति राम्रो रहनेछ। प्रेम जीवनमा समझदारी बढ्नेछ। आजको शुभ रंग आकाशी हो भने शुभ अंक ४ रहेको छ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

प्रतिक्रिया दिनुहोस्