Logo

आज २०८२ साल चैत १९ गते बिहीवारको राशिफल



मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

सम्पत्तिलाई लिएर विवाद बढ्नेछ। आकस्मिक यात्राका योग छन्। स्वास्थ्यलाई लिएर खानपिनमा ध्यान दिनुहोला। प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

महत्वकांक्षी योजनाहरू प्रारम्भ गर्ने समय रहेको छ। नोकरी वा पेशामा सहकर्मीहरूको साथ मिल्नेछ। विद्यार्थीहरूको रचनात्मक कार्यमा रुचि बढ्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ३ रहेको छ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

परिवारमा कुनै कुरालाई लिएर असमझदारी बढ्नेछ साथै मन अशान्त रहनेछ। व्यापार व्यवसायमा पुराना सम्झौताहरू भङ्ग हुने परिस्थिति आउला सावधान रहनुहोस्। कानुन विपरीत कार्य नगर्नुहोला। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

आफन्तहरूबाट शुभ सूचना मिल्नेछ। मित्रहरूको सहयोगले पुरानो रोकिएको कार्यसम्पादन हुनेछ। शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। नयाँ कार्यतर्फ मन जानेछ। आजको शुभ रंग केसरी हो भने शुभ अंक ४ रहेको छ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

बोलिको प्रभावले विपरीत परिस्थितिलाई पनि आफ्नो अनुकूल बनाउन सकिनेछ। व्यापार व्यवसायलाई लिएर छोटो वा लाभदायी यात्रा होला। अनावश्यक खर्चले तनाव बढ्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ५ रहेको छ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

कार्यक्षेत्रमा प्रभावशाली व्यक्तिहरूसँग सम्पर्क बढ्नेछ। सामाजिक पद प्रतिष्ठामा वृद्धि हुनेछ। आर्थिक लाभको लागि नयाँ कार्य प्रारम्भ गर्न सक्नुहुनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ७ रहेको छ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

वैदेशिक रोजगारमा सफलता मिल्नेछ। जग्गा जमिन र पैतृक सम्पत्तिलाई लिएर वादविवाद बढ्नेछ। स्वास्थ्यमा कमजोरीको अनुभूति हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ८ रहेको छ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)

जिम्मेवारीतर्फ ध्यान बढ्नेछ। परिश्रमको मूल्य प्राप्त हुनेछ। नयाँ लक्ष्यतर्फ कदम बढ्नेछ। अध्ययनमा रुचि बढ्ने संकेत छ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ८ रहेको छ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

आत्मबल बलियो रहनेछ। काममा नेतृत्व देखाउने मौका मिल्नेछ। परिवारको साथले थप हौसलामा वृद्धी हुनेछ। दैनिकी काम सहज रुपमा अघि बढ्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ६ रहेको छ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

व्यावसायिक विषयलाई लिएर नयाँ सोच र विचार जन्मिनेछ। धैर्यले काम गर्दा लाभ मिल्ने योग छ। विचार ‍क‍ो आदानप्रदानबाट फाइदा मिल्नेछ। आध्यात्मिक ज्ञानमा विकास हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

अनावश्यक काममा अलमलिदा कार्यक्षेत्रमा पछि परिनेछ। बोलिमा संयमता वा स्पष्ट संवाद कायम राख्नुहोस्। विद्यार्थीहरूको पठनपाठनभन्दा मनोरञ्जनमा धेरै समय व्यतीत हुनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ४ रहेको छ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

समस्या दर्शाउँदा सहयोगिहरूले साथ दिनेछन्। साझेदारी व्यापारमा नयाँ अनुबन्धहरूले लाभ दिनेछ। प्रशासनिक वा राज्यपक्षबाट सहयोग मिल्नेछ। दाम्पत्य जीवन सुमधुर रहनेछ। आजको शुभ रंग आकाशी हो भने शुभ अंक २ रहेको छ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

प्रतिक्रिया दिनुहोस्