मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
कार्यक्षेत्रमा अनुभवि व्यक्तिहरूको सहयोग मिल्नेछ। सरकारी योजनाको लाभ उठाउन सकिनेछ। कारोबार विस्तारलाई लिएर नयाँ योजनाहरु बन्नेछन्। भावनामा आएर गलत निर्णय नलिनुहोला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ८ रहेको छ।
वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
व्यापार व्यवसायमा नयाँ अनुबन्धहरू मिल्नेछन्। स्वास्थमा सुधार आउनेछ। जीवनसाथीसँग भ्रमणको योग रहेको छ। सामाजिक कार्यक्रमहरूमा आफ्नो प्रतिभाको प्रदर्शन गर्ने अवसर मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
व्यापार व्यवसायमा नयाँ अनुबन्धहरू मिल्नेछन्। स्वास्थमा सुधार आउनेछ। जीवनसाथीसँग भ्रमणको योग रहेको छ। सामाजिक कार्यक्रमहरूमा आफ्नो प्रतिभाको प्रदर्शन गर्ने अवसर मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
दुःखी र असहायको सहयोग गर्नाले मन प्रसन्न रहनेछ। व्यापार व्यवसायलाई लिएर गरिएको यात्रा सफल रहनेछ। मित्रता र प्रेम सम्बन्धमा प्रगाढता बढ्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
कार्यक्षेत्रमा सहकर्मीहरूको सहयोग मिल्नेछ। कानुनी मुद्दा मामलाहरू सुल्झिने वा आर्थिक पक्ष सबल रहनेछ। महत्वकांक्षी योजनाहरू पूरा गर्ने समय रहेको छ। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
वाक्चातुर्यताले विपरीत परिस्थितिलाई आफ्नो अनुकूल बनाउन सकिनेछ। साहित्य र कलाको क्षेत्रमा निखार आउनेछ। विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ७ रहेको छ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
रोकिएको कामले गति लिनेछ। भाषण र अभिव्यक्तिको कलामा निखार आउनेछ। प्रशासनिक तथा अन्य औपचारिक क्षेत्रबाट अपेक्षित सहयोग प्राप्त हुनेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।
वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)
आफ्नो ज्ञानलाई निखार्ने समय रहेको छ। सन्तानको प्रगति देखेर मन प्रसन्न रहनेछ। स्वास्थ्यले सबल रहनेछ। कार्यक्षेत्रमा कार्यदक्षता बढाउँदै महत्त्वपूर्ण उपलब्धि प्राप्त गर्न सकिनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ३ रहेको छ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
आफ्नो ज्ञानलाई निखार्ने समय रहेको छ। सन्तानको प्रगति देखेर मन प्रसन्न रहनेछ। स्वास्थ्यले सबल रहनेछ। कार्यक्षेत्रमा कार्यदक्षता बढाउँदै महत्त्वपूर्ण उपलब्धि प्राप्त गर्न सकिनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ३ रहेको छ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
सकारात्मक सोचको साथ अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। कार्यक्षेत्रमा स्थिर तथा व्यावहारिक बुद्धिको उपयोगले निर्णय गर्दा लाभ हुनेछ। तारिफ योग्य काम गर्दै नयाँ जिम्मेवारी प्राप्त गर्न सकिनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
अवसरको लागि मेहनत धेरै गर्नुपर्ला। लोकाचारको मात्र पछि लाग्दा अरुले फाइदा उठाउनेछन्। धर्मकर्ममा मन लाग्नेछ। प्रशासनिक क्षेत्रबाट सहयोग मिल्नेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ३ रहेको छ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
अवसरको लागि मेहनत धेरै गर्नुपर्ला। लोकाचारको मात्र पछि लाग्दा अरुले फाइदा उठाउनेछन्। धर्मकर्ममा मन लाग्नेछ। प्रशासनिक क्षेत्रबाट सहयोग मिल्नेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ३ रहेको छ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।