मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
कार्यक्षेत्रमा शुभचिन्तकहरूको उचित सल्लाह मिल्नेछ। रोकिएको कार्य पुनः प्रारम्भ गर्न सकिनेछ। धर्म कर्मतर्फ मन जानेछ। साथीभाइहरूको सहयोग मिल्नेछ। महत्त्वपूर्ण कार्यसम्पादन गर्न सकिनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ७ रहेको छ।
वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
खानपानलाई लिएर सजगता अपनाउनुहोस्। साहसिक कार्य गर्ने समय रहेको छ। अरुको लागि बुद्धि र श्रम खर्च गर्नुपर्ला। अरुलाई सल्लाह दिनबाट जोगिनुहोस्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ६ रहेको छ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
साझेदारी व्यापारमा लाभ रहनेछ। दाम्पत्य जीवन सुमधुर रहनेछ। मेहनतीहरूको लागि उत्साहजनक समय रहेको छ। व्यापार लगायत आर्थिक लाभ हुने कार्य प्रारम्भ गर्न सकिनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
कामको सन्दर्भमा दौडधुप गर्नुपर्ला। सम्पर्क क्षेत्र बढ्नाले व्यापार विस्तारमा सहयोग हुनेछ। सवारी साधन चलाउँदा नीति नियमको पालना गर्नुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। भौतिक संसाधन संग्रह गर्ने योग छ। सन्तानको प्रगतिले मन प्रसन्न रहनेछ। आय आर्जनका नयाँ बाटोहरू खुल्नेछन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
मेहनत अनुरूप फलको प्राप्ति हुनेछ। सरकारी र प्रशासनिक क्षेत्रको काममा समय लाग्नेछ। स्वास्थ्यमा कमजोरीको अनुभूति हुनेछ। घर परिवारमा कुनै कुरालाई लिएर विवाद बढ्ला सावधान रहनुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अंक २ रहेको छ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
मेहनत अनुरूप फलको प्राप्ति हुनेछ। सरकारी र प्रशासनिक क्षेत्रको काममा समय लाग्नेछ। स्वास्थ्यमा कमजोरीको अनुभूति हुनेछ। घर परिवारमा कुनै कुरालाई लिएर विवाद बढ्ला सावधान रहनुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अंक २ रहेको छ।
वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)
मेहनत अनुरूप फलको प्राप्ति हुनेछ। सरकारी र प्रशासनिक क्षेत्रको काममा समय लाग्नेछ। स्वास्थ्यमा कमजोरीको अनुभूति हुनेछ। घर परिवारमा कुनै कुरालाई लिएर विवाद बढ्ला सावधान रहनुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अंक २ रहेको छ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
मान प्रतिष्ठामा वृद्धि हुनेछ। जीवनसाथीको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। मन मिल्दो साथीसँग भेटघाटले मन उत्साहित रहनेछ। अधिकारी वर्गहरू सहयोगी सिद्ध हुनेछन्। आजको शुभ रंग आकाशी हो भने शुभ अंक ९ रहेको छ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
कार्यक्षेत्रमा काम बिग्रिनको डरले मनमा अज्ञात भय रहनेछ। राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ। आध्यात्मतिर झुकाव रहनेछ। ऋण दिनबाट जोगिनुहोस्। आजको शुभ रंग कलेजी हो भने शुभ अंक १ रहेको छ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
समस्या दर्शाउँदा इष्टमित्रहरूको सहयोग पाइएला। अरुको हस्तक्षेपले नकारात्मक वातावरणको सिर्जना होला। शिक्षाको क्षेत्रमा विद्यार्थीहरूलाई गुरुजनको सहयोग मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
स्वास्थ्यले साथ दिनेछ। शत्रुमाथि विजय प्राप्त गर्न सकिनेछ। कार्यक्षेत्रमा पिताको सहयोग मिल्नेछ। सामाजिक समारोहमा सम्मिलित भइनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ३ रहेको छ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।