Logo

आज २०८२ साल पुष १४ गते सोमवारको राशिफल



मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

कारोबार विस्तारलाई लिएर नयाँ योजनाहरू कोरिनेछन्। धर्म र सेवामुलक कर्मले गर्दा समाजमा मानसम्मानमा वृद्धि हुनेछ। उचित समय र भाग्यको उदयले गर्दा विपरीत परिस्थितिलाई पनि आफ्नो अनुकूल बनाउन सकिनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

शारीरिक रुपमा केही दुर्बलता हुनसक्ने सम्भावना प्रबल रहेकाले खानपान र स्वस्थ्य जीवनशैलीमा ध्यान पुर्याउनु राम्रो हुन्छ। काममा मन नहुनाले केही ढिलासुस्ती होला त्यसैले लगनशील भएर कार्य गर्नुहोला। कुनै शुभ कार्य गर्नु भन्दा अघि भगवान गणेशलाई स्मरण गरेर अघि बढ्नाले बाधा पन्छिनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

स्वत: स्फुर्तीका साथ लिएको निर्णयले लाभ हुनेछ। गरेको काममा सफलता मिल्नाले मनमा शान्ति छाउला। आर्थिक पक्षमा धन हानि हुनसक्छ त्यसैले विचारपूर्वक खर्च गर्नुहोला। व्यापार व्यवसायमा मान्यजनको सहयोगले आँटेको कार्य सम्पादन गर्न सकिनेछ। आजको शुभ रंग हल्का पहेलो हो भने शुभ अंक ३ रहेको छ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

पहिला गरेको कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। आकस्मिक धन खर्च हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै अनावश्यक खर्च नगर्नुहोस्। कार्यक्षेत्रमा आफ्नो प्रतिभाको प्रदर्शन गर्ने अवसर मिल्नेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ३ रहेको छ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

व्यापार व्यवसायलाई लिएर गरिएको यात्रा सफल रहनेछ। थोरै लगानिले पनि धेरै लाभ गराउने समय रहेको छ। विद्यार्थीहरूलाई शिक्षाको क्षेत्रमा मनोवान्छित नतिजाले प्रसन्न तुल्याउने छ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

पहिला गरेको लगानिमा सफल नहुनाले आम्दनीको स्रोत कमजोर रहनेछ। फाइदाको लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। हरेष नखाई गरेको कामले आराम देला। लगानी बिस्तार गर्न शुभ समयको प्रतिक्षा गर्नुहोस्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

जिम्मेवारी बोध र कार्यको उचित सम्पादन गर्न सकेकाले मानसम्मानमा वृद्धि हुनेछ। जीवनसाथीको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। व्यापार वा काममा सकारात्मक नतिजा देखिनेछ। आजको शुभ रंग हल्का रातो हो भने शुभ अंक ८ रहेको छ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)

मन प्रफुल्ल रहनाले मुहारमा कान्ति छाईरहला। आर्थिक पक्ष सबल रहनाले लाभका नयाँ स्रोतहरू फेला पर्नेछन्। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। टाढाको यात्रा खर्चिलो र रोचक बन्न सक्छ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

मन प्रफुल्ल रहनाले मुहारमा कान्ति छाईरहला। आर्थिक पक्ष सबल रहनाले लाभका नयाँ स्रोतहरू फेला पर्नेछन्। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। टाढाको यात्रा खर्चिलो र रोचक बन्न सक्छ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

आफ्नो ज्ञानलाई निखार्ने समय रहेको छ। पुराना टाढिएका आफन्तहरूसँग भेटघाटले मन उत्साहित रहनेछ। रोकिएका कार्य पुनः प्रारम्भ हुनेछन्। कामकाजमा नयाँ अवसर देखिन सक्छ। आजको शुभ रंग कालो हो भने शुभ अंक ५ रहेको छ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

आफुले गेरेको कार्यमा योग्यताको मूल्यांकन हुनाले कामबाट सम्मान मिल्नेछ। परिस्थिति र भाग्यको नियतिले नयाँ मार्गप्रशस्त गराउने समय रहेको छ। भौतिक सुख सुविधामा मन रमाउनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ४ रहेको छ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

प्रियजनहरूसँगको अप्रत्याशित रमाईलो भेटघाटले दिन उत्साहजनक र प्रेममय रहनेछ। सद्भावनाको समन्वयले मनमा हर्ष र उमंगले डेरा जमाउनेछ नयाँ कार्य थालनी हुनेछ। साहासिक खेलको प्रतिस्पर्धामा विजयी भइनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

प्रतिक्रिया दिनुहोस्