मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
आर्थिक पक्ष सबल रहनेछ। व्यापार व्यवसायमा सन्तोषजनक परिणाम मिल्नेछ। दाम्पत्य जीवन सुमधुर रहनुका साथै आफन्तहरूबाट साथ र सहयोग पाइनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक २ रहेको छ।
वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
चुनौती पन्छ्याउँदै नयाँ कामको जग बसाउने समय रहेको छ। महत्वकांक्षी योजनाहरू शुभारम्भ गर्न सकिनेछ। स्वास्थ्यलाई लिएर सजग रहनुहोस्। शत्रुहरू परास्त हुनेछन्। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
धैर्य वा लगनशीलताले अधिकार स्थापित गर्न सकिनेछ। रचनात्मक कार्यहरूमा मन जानेछ। शिक्षाको क्षेत्रमा प्रयत्न गर्दा जटिल समस्याको पनि सकारात्मक संकेत प्राप्त हुनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
पारिवारिक कारणले मनमा चिन्ता र असन्तोष रहनेछ। विषयवस्तु नबुझी कुनै पनि कार्य प्रारम्भ नगर्नुहोला। कार्यक्षेत्रमा संघर्ष गर्नुपर्ला। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
दुविधामा मान्यजन्यहरूको कुरालाई सिरोधार्य गर्नुहोस लाभ रहनेछ। आँटेको कार्यमा सफलता मिल्नेछ। साना भाइबहिनीहरूमा आत्मयता बढ्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
बोलिको माध्यमले कार्य सिद्ध गर्न सकिनेछ। कार्यक्षेत्रमा कार्य समयमा सम्पादन गर्न सकिनेछ। शिक्षाको क्षेत्र फराकिलो हुनाले बौद्धिक क्षेत्रमा विकास हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
महत्वकांक्षी योजनाहरू पूरा हुनेछन्। समाजमा मानसम्मान प्राप्त हुनेछ। आर्थिक क्षेत्रमा उन्नति हुनेछ। उधारो दिएको रकम हात लागि हुनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ७ रहेको छ।
वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)
परिस्थिति सबल नदेखिएता पनि मेहनतले आशा जगाउनेछ। कार्यक्षेत्रलाइ लिएर आफन्तहरुबाट टाढिनुपर्ला। स्वास्थ्यलाई लिएर खानपिनमा सजगता अपनाउनुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
सन्तान पक्षबाट शुभ सूचना मिल्नेछ। आर्थिक पक्ष सबल रहनेछ। नयाँ कार्यको रूपरेखाको जग बसाउन सकिनेछ। कार्यक्षेत्रमा कामको तारिफ हुनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
प्रतिष्ठित काम गरेर धेरैको मन जित्न सकिनेछ। अधिकारी वर्गहरू सहयोगी सिद्ध हुनेछन्। सामाजिक कामले हौसला प्रदान गर्नेछ। स्वास्थ्यले सबल रहनेछ आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
बल भन्दा बुद्धिले काम बनाउन सकिनेछ। प्रेम सम्बन्धमा प्रेमीको रुखो व्यवहारले शंका उत्पन्न होला। नयाँ जिम्मेवारी प्राप्त हुनुका साथै विद्यार्थीहरूलाई प्रतिभाको प्रदर्शन गर्ने अवसर मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
नयाँ अवसरका खोजीमा दौडधुप गर्नुपर्ला। प्रतिक्षित नतिजा कमजोर देखिनाले मन अप्रसन्न रहनेछ। यात्रा कष्टपूर्ण रहनेछ। उपलब्धिहीन काममा समय व्यतीत होला सावधान रहनुहोला। आजको शुभ रंग निलो हो भने शुभ अंक ९ रहेको छ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।







