Logo

आज २०८२ साल पुष २३ गते बुधवारको राशिफल



मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

रोकिएको काम बन्नाले मनमा उत्साह जाग्नेछ तथा आफ्नै प्रयासले कार्यक्षेत्रमा अधिकार स्थापित गर्न सक्नुहुनेछ। साँझतिर काममा केही रुकावट आउला तसर्थ धेरै काममा एकैपटक हात नहाल्नुहोला। कार्य गर्नु अधि गुरुजनहरूको सुझाव लिएर कार्य प्रारम्भ गर्नुहोला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

प्रतिस्पर्धीहरूबाट सजग रहनुहोला र आफ्नो मेहेनतमा विश्वास राख्नुहोला। पारिवारिक सहयोगले आर्थिक क्षेत्रमा उन्नति हुनेछ। सोचेको नतिजा आउनको लागि चुनौतीहरूसँग जुध्नुपर्ला तर आत्मविश्वासका साथ रहँदा लाभ हुनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक १ रहेको छ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

सहयोगीहरूले सहयोग दिएता पनि सोचेजस्तो सफलता हात नलाग्ला। मनमा खिन्नता नलिई मेहनत र लगनशीलताले लागि परेमा पहिलाको उपलब्धिलाई जोगाउन सकिनेछ। दिनको उत्तरार्धमा भाग्यको साथ मिल्नेछ र नयाँ कामको सुरुवात हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

व्यापार व्यवसायमा सकारात्मक लाभ हात लाग्नेछ साथै श्रमको उचित प्रतिफल मिल्नेछ। घरायसी जिम्मेवारी बढ्नेछ। मनमा अज्ञात भय रहनेछ त्यसैले शान्तभएर रहनुमा बुद्धिमत्ता होला। विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

सेवामूलक काम गर्दा समाजमा नाम स्थापित र सम्मानित उपाधि प्राप्त गर्न सकिएला। कार्यक्षेत्रमा नयाँ कामको अवसर मिल्नेछ। जीवनसाथीद्वारा राम्रो उपहार प्राप्त होला। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

कामको मेसो नमिल्दा कार्यक्षेत्रमा पछि परिनेछ चाँजोपाँजो राम्रोसँग मिलाएर कार्य गर्दा सफलता मिल्न सक्छ। साथीभाइहरूसँग सन्तुलित व्यवहार राख्नुहोला। विचार नमिलेको कुरामा चुप रहनुनै उत्तम होला। अरुको योजनामा भन्दा आफ्नो योजना गर्ने प्रयास गर्दा सफलता मिल्ने समय रहेको छ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

आम्दानी बढ्नाले उत्साह जाग्नेछ। व्यापार व्यवसायमा राम्रो फड्को मार्ने समय रहेको छ। कारोबारमा सजगताका साथ कारोबार गर्नाले लाभान्वित भईनेछ। श्रमको उचित मूल्यांकन पाइनाले मन प्रसन्न रहला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ७ रहेको छ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)

दिन उत्साह र उमंगले खुसीयालियुक्त रहनेछ। मुहारमा कान्ति र मनमा शान्ति दिनैभरी रहला। कृषि वा पशुपालन बाट राम्रो लाभ लिन सकिएला। नोकरी वा पेशामा पहिला लिएका निर्णयहरू प्रभावशाली रहनेछन्। आर्थिक पक्ष सबल रहनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ५ रहेको छ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

आम्दानीका नयाँ स्रोतहरु फेलापर्नेछन्। उठ्नुपर्ने रकम हातलागी हुनाले आनन्दित मन हुनेछ। बोलि र व्यवहारको माध्यमबाट आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिएला। शैक्षिक क्षेत्रमा प्रगति हुनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ३ रहेको छ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

सेवा वा सामाजिक काममा रुचि बढ्नेछ। धार्मिक मनोवृत्ति वा सेवामूलक कामले प्रतिष्ठा दिलाउँला। स्वास्थ्यलाई लिएर सावधान रहनुहोला साथै खानपानमा ध्यान दिनुहोला। आर्थिक पक्ष कमजोर रहला खर्च गर्दा विशेष ध्यान दिनुहोला। आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

टाढिएका मित्रहरु नजिकिनाले प्रसन्नता मिल्नेछ। कामको प्रभावले थप जिम्मेवारी बढ्नेछ। प्रतिष्ठित कार्य सम्पादन गर्न जीवनसाथीको साथ मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। कलात्मक प्रतियोगी परीक्षामा सफलता मिल्ने योग रहेको छ। आफ्नो काम अरूमाथि भर पर्ने बानीले समस्या निम्त्याउँला त्यसैले आफ्नो काम आफै गर्नुहोला। सवारी साधन चलाउँदा सावधान रहनुहोला। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ८ रहेको छ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

प्रतिक्रिया दिनुहोस्