Logo

आज २०८२ साल फागुन १३ गते बुधवारको राशिफल



मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

अध्ययन अध्यापनप्रति मन लाग्नेछ। कानुनी वा राज्यपक्षका मामलाहरू सुल्झिनेछन्। रचनात्मक काम गर्ने समय रहेको छ। नोकरी वा पेशामा हजुरको कार्यकुशलताको तारिफ हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ८ रहेको छ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

जमिन सम्बन्धी मुद्दा मामलाहरू सुल्झिनेछन्। निर्धारित गरेका लक्ष्य पूरा हुनाले मनमा उत्साह रहनेछ। मनमा परोपकार वा धर्मको भावना जागृत हुनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

चलिरहेको काममा केही बाधा आउन सक्छ। मौसमी बदलावले परिवाका सदस्यको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। कामलाई लिएर दौडधुप गर्नुपर्ला। आजको शुभ रंग बैजनी हो भने शुभ अंक १ रहेको छ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

महत्वकांक्षाहरू पूरा हुनेछन्। व्यापार विस्तारलाई लिएर योजनाहरू बन्नेछन्। नोकरी वा पेशामा अधिकारी वर्गहरुबाट सहयोग पाइनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ६ रहेको छ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

कार्यस्थलमा सहकर्मीहरूको साथ पाइनेछ। आर्थिक पक्ष सबल रहनेछ। पिताको सहयोगले महत्त्वपूर्ण कार्य सम्पादन हुनेछ। स्वास्थ्यले साथ दिनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

मनपर्दो खानपानको प्रबन्ध मिल्नेछ। व्यापारमा इच्छा अनुसार लगानी लगाउन सकिनेछ। शान्त वा धैर्यपूर्वक आफूलाई प्रस्तुत गर्न सकिनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक २ रहेको छ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

काम विशेषले केही खर्च बढ्न सक्छ। कार्यक्षेत्रमा अरुको भरमा कार्य अधुरो नछोड्नुहोस्। सकारात्मक सोचका साथ अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। आजको शुभ रंग आकाशी हो भने शुभ अंक ४ रहेको छ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)

समय अनुसार सबै कुरा मिल्दै जानेछ। कुनै कुराले आकस्मिक लाभ हुनेछ। दाम्पत्य जीवन सुमधुर रहनेछ। व्यापार व्यवसायमा जीवनसाथीको साथ पाइनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

कुनै कामले व्यस्तता बढाउनेछ भने समय अवस्था विचार गरेर कामलाई प्राथमिकता दिनुहोस्। व्यापार व्यवसायमा नयाँ लगानी लगाउने वा जोखिम लिनबाट जोगिनुहोस्। प्रेम सम्बन्ध सुमधुर रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ८ रहेको छ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

अध्ययन अध्यापनमा एकाग्रता बढ्नेछ। धार्मिक वा आध्यात्मिक कार्यक्रमहरूमा सहभागी हुने अवसर प्राप्त हुनेछ। साहित्य र लेखन कलामा निखार आउनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ८ रहेको छ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

सामाजिक कार्यक्रमहरूमा अग्रिम भूमिका निभाउनुपर्ला। आर्थिक व्यवस्थापनमा ध्यान दिनुपर्ने समय रहेको छ। स्वास्थ्यमा केही कमजोरी देखिन सक्छ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

काममा सक्रियता बढ्नेछ। व्यापार व्यवसायमा लाभका नयाँ स्रोतहरू पहिचान गर्न सकिनेछ। प्रतियोगी परीक्षा वा प्रतिस्पर्धात्मक क्षेत्रमा अग्रिम स्थान हासिल गर्ने अवसर मिल्नेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक २ रहेको छ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

प्रतिक्रिया दिनुहोस्