मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
आफ्नो क्षमताको परिचय दिने समय रहेको छ। विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ। व्यापार व्यवसायमा सन्तानको सहयोग प्राप्त हुनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।
वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
समाजमा तारिफ योग्य कार्य सम्पादन गर्न सकिनेछ। स्वास्थ्यमा पुरानो रोग बल्झिन सक्छ सचेत रहनुहोस्। प्रेम सम्बन्ध सुमधुर रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
सञ्चित रकम खर्च गर्नुपर्ला। अवसरवादीहरूले हजुरको कमी कमजोरीको फाइदा उठाउने छन्। उपलब्धिहिन कार्यमा समय व्यतीत हुनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ३ रहेको छ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
श्रमको उचित मूल्यांकन हुनेछ। व्यापारमा राम्रो फड्को मार्न सक्नुहुनेछ। पहिलाका रोकिएका कामहरू बन्नेछन्। नोकरी वा पेशामा नयाँ जिम्मेवारी बढ्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
नयाँ कामको प्रस्ताव आउनेछ। परिस्थितिवस आफन्तहरूबाट टाढिनुपर्ला। फजुल खर्च बढ्नेछ। व्यापारिक साथै लेनदेनजन्य कुराहरूमा सावधानी राख्नुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
शैक्षिक क्षेत्र फराकिलो बन्नेछ। पारिवारिक सद्भावमा कमी आउनेछ। आज टाउको दुख्ने समस्याले सताउन सक्छ। अनावश्यक कुरालाई लिएर मनमा चिन्ता रहनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
निरन्तर कार्यगर्दा लाभ हुनेछ। रोकिएका प्रतिफलहरू प्राप्त हुनेछन्। सहयोगीहरूको साथ मिल्नाले नयाँ काममा मन लाग्नेछ। छरछिमेकी सँग राम्रो सम्बन्ध स्थापित गर्न सकिनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।
वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)
उत्साह र उमंगमा वृद्धि हुनेछ। सकारात्मक सोचको साथ अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। विशिष्ट व्यक्तिहरूसँग भेटघाटका योग दिनैभरी रहनेछ। आर्थिक पक्षमा सुधार हुनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक २ रहेको छ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
आयमा वृद्धिका योग छन्। कार्यक्षेत्रमा सक्रिय भूमिका निभाउनु पर्ला। उद्योग व्यापारमा नयाँ पहिचान बनाउन सकिनेछ। पुरुषार्थले सम्मान दिनेछ। समय सकारात्मक रहेको छ। आजको शुभ रंग आकाशी हो भने शुभ अंक ९ रहेको छ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
प्रेम सम्बन्धमा सुधारका योगहरू रहेका छन। सवारी साधन चलाउँदा सावधान रहनुहोस्। आलस्य त्यागेर कार्यमा ध्यान दिनुहोस् सफलता मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ८ रहेको छ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
आर्थिक पक्ष सबल रहनेछ। व्यापार व्यवसायलाई लिएर यात्रा गर्नुपर्ला। भविष्यलाई लिएर योजनाहरू कोरिनेछन। स्वास्थ्यले साथ दिनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
कार्यक्षेत्रमा धैर्यताको साथमा विवेकपूर्ण निर्णय लिन आवश्यक हुनेछ। परीक्षामा सफलता मिल्नेछ। स्वास्थ्यलाई लिएर खानपिनमा ध्यान दिनुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।







