मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
ऊर्जा र उत्साहमा वृद्धी हुनेछ। काममा नयाँ अवसर प्राप्त हुने सम्भावना छ। परिवार तथा साथीभाइको साथ सहयोग मिल्नेछ। आर्थिक पक्ष सामान्य रहने देखिन्छ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ५ रहेको छ।
वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
काममा क्रमश प्रगति देखिने सम्भावना छ। परिवारसँग समय बिताउने अवसर मिल्न सक्छ। स्वास्थ्यमा सामान्य ध्यान दिनु राम्रो हुन्छ। आजको शुभ रंग आकाशी हो भने शुभ अंक ७ रहेको छ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
आज नयाँ योजना बनाउन अनुकूल समय रहन सक्छ। बोलचालमा सावधानी अपनाउनु राम्रो हुनेछ। काममा सफलता मिल्ने संकेत देखिन्छ। साथीभाइसँग सहकार्य बढ्न सक्छ। आजको शुभ रंग निलो हो भने शुभ अंक ९ रहेको छ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
कुनै कुरालाई लिएर मन प्रसन्न रहनेछ। परिवारमा खुशीको वातावरण बन्नेछ। काममा सकारात्मक परिणाम प्राप्त हुन सक्छ। नयाँ अवसरहरू प्राप्त हुनेछन्। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
आत्मविश्वास र मनोबलमा वृद्धी हुनेछ। नेतृत्व क्षमता देखाउने अवसर मिल्नेछ। सामाजिक सम्मान बढ्ने सम्भावना छ। काममा राम्रो प्रगति देखिन सक्छ। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
आज काममा व्यस्तता बढ्न सक्छ। धैर्य र मेहनतले सफलता दिलाउनेछ। आर्थिक पक्षमा सुधार आउने संकेत छन्। परिवारको सहयोग प्राप्त हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
सम्बन्धमा मधुरता बढ्ने सम्भावना छ। मनमा सकारात्मक सोच बढ्नेछ। सानो प्रयासले राम्रो परिणाम दिनेछ। नयाँ योजना बनाउन दिन अनुकूल रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।
वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)
परिश्रमको राम्रो फल प्राप्त हुनेछ। काममा सफलता मिल्ने संकेत छन्। स्वास्थ्यतर्फ ध्यान दिनु आवश्यक हुन सक्छ। साथीभाइबाट सहयोग मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
भाग्यको भरपूर साथ मिल्नेछ। यात्राको अवसर मिल्न सक्छ। काममा सकारात्मक परिवर्तन देखिन सक्छ। परिवारमा खुशीको वातावरण बन्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ६ रहेको छ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
सामाजिक क्षेत्रमा जिम्मेवारी बढ्नेछ। मेहनतले राम्रो परिणाम दिलाउन सक्छ। परिवारबाट सहयोग मिल्नेछ। आर्थिक पक्ष स्थिर रहने सम्भावना छ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
नयाँ योजना बनाउन सकिनेछ। साथीभाइसँग सहकार्य बढ्नेछ। कार्यक्षेत्रमा सफलताले मन प्रसन्न रहनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ४ रहेको छ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
शान्त रहनुका साथै आध्यात्मिक कार्यतर्फ रुचि बढ्नेछ। परिवारसँग समय बिताउने अवसर मिल्नेछ। काममा सकारात्मक परिणाम आउन सक्छ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ७ रहेको छ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।







