मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
भौतिक संसाधन जुटाउनाले प्रसन्नता मिल्नेछ। आयआर्जन गर्ने स्रोतहरू बढ्नेछन्। तारिफ योग्य कामले अरूको मन जित्न सकिनेछ। आजको शुभ र निलो हो भने शुभ अंक ७ रहेको छ।
वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
कामको नयाँ प्रस्ताव आउनेछ। मेहनतले गर्दा राम्रो परिणाम प्राप्त हुनेछ। व्यापार व्यवसायमा लाभ उठाउन सकिनेछ। छोटो समयमा राम्रो उपलब्धि हात लाग्ला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
साझेदारी व्यापारमा लाभ रहनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। सहयोगीहरूको राम्रो साथ पाइनाले चिताएको काम सम्पादन गर्न सकिनेछ। सवारी साधन चलाउँदा नीति नियमहरूको ध्यान राख्नुहोला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
मेहनतले दैनिकी काममा परिवर्तन ल्याउन सकिनेछ। हत्तारमा लिएको निर्णयले समस्या निम्त्याउला सचेत रहनुहोस्। चुनौती भित्र भावी सम्भावना खोज्ने समय रहेको छ। आजको शुभ रंग आकाशी हो भने शुभ अंक ५ रहेको छ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
दिएको वचन पूरा गर्न नसक्दा अप्ठ्यारो पर्न सक्छ। अवसर आएता पनि आत्मविश्वासको कमीले काम बिग्रिन सक्छ। विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
पारिवारिक सद्भावमा कमी आउनेछ। चलचित्र वा राजनीतिक क्षेत्रमा आफ्नो प्रभुत्व बढाउन सकिनेछ। फजुल काममा समय वा धन खर्च हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।
वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)
पारिवारिक समस्या वा असमझदारी बढ्नुका साथै काममा बाधा आउन सक्छ। महत्वकांक्षी योजनाहरू गोप्प्य राखेर अघि बढ्नुहोस्। पशुधन वा जग्गा जमिनबाट सामान्य लाभ होला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
रोकिएको काम बन्नेछ साथै नयाँ काम सुरु गर्ने समय रहेको छ। उद्योग व्यापारमा विशेष फाइदाका योग छन्। प्रतियोगी परीक्षामा प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक १ रहेको छ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
उद्योग व्यापारमा धन आर्जन गर्ने अवसर मिल्नेछ। शत्रुहरू परास्त हुनेछन्। घर परिवारमा आपसी समझदारी बढ्नेछ। स्वास्थ्य सबल रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ८ रहेको छ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
सहयोगीहरूले राम्रो साथ दिनेछन्। नोकरी वा पेशामा प्रभाव बढ्नेछ। सामाजिक र प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। नजिकका आफन्तहरूबाट उपहार प्राप्त होला। आजको शुभ रंग केशरी हो भने शुभ अंक ३ रहेको छ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
सोचेको काम समयमा सम्पादन नगर्नाले हाथमा आएको अवसर फुत्किने छ। आफन्तहरूले हजुरको व्यवहारलाई लिएर गुनासो गर्नेछन् सचेत रहनुहोला। स्वास्थ्यलाई लिएर खानपिनमा सावधान रहनुहोला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ९ रहेको छ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।







