Logo

आज २०८२ साल भाद्र १ गते आईतवारको राशिफल



मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

 आत्मसम्मानका लागि मौन रहनु बेस होला। बलजफ्तीले लक्ष्यमा पुग्न समस्या पर्नेछ। बुद्धिको उपयोगले काम लिने चेष्टा गर्नुहोला। भावना बुझ्न नसक्दा शुभचिन्तकहरू टाढिन सक्छन्। ठूलो आशा देखाउनेहरूबाट सावधान रहनुहोला। बोली व्यहारमा संयम रहँदै गरिएको युक्तिपूर्ण व्यवहारले फाइदा दिलाउनेछ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। तत्काल लाभ उठाउँदा पछि हुने फाइदा घट्न सक्छ। तापनि पहिलेका कमजोरी सच्याउने अवसर प्राप्त हुनेछ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नुका साथै यात्रा गर्ने अवसर जुट्न सक्छ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

मनग्य धनलाभ हुनाले पारिवारिक आवश्यकता पूर्ति हुनेछ। रोकिएको काम सम्पादन हुनेछ भने आयस्रोत समेत बढ्ने समय छ। साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्न सक्छ। श्रमको उचित मूल्यांकन हुनेछ। सञ्चित धन उपयोग गर्दा पनि फाइदा हुनेछ। सोचेभन्दा बढी नै लाभ हुने सम्भावना छ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

पहिलेको हरहिसाब नमिल्नाले समस्या पर्न सक्छ। ठूलो भागको मोहले पनि समस्या निम्त्याउनेछ। तर एउटै सत्प्रयासले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। सामाजिक नेतृत्व हातलागी हुन सक्छ। व्यापारमा राम्रै फाइदा हुनेछ। प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

परिस्थितिवश सोचेजस्तो उपलब्धि प्राप्त नहुन सक्छ। आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। स्वास्थ्यमा कमजोरी अनुभव हुनेछ। सहयोगीहरूले साथ दिए पनि काममा स्वयं सक्रिय रहनुपर्ला। मिहिनेत गर्दा सामान्य प्रतिफल प्राप्त हुनेछ। तत्काल लाभ नभए पनि पछिका लागि काम गर्न सकिनेछ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

हल्लाको पछि लाग्दा दु:ख पाइनेछ। तर समस्या दर्साउँदा शुभचिन्तकले साथ दिनेछन्। मिहिनेत गर्दा पछिका लागि फाइदा हुनेछ। तत्काल लाभ नभए पनि समस्या सुल्झाउन सकिनेछ। स्वास्थ्यका लागि निश्चित समय आराम गर्नुपर्ला। गोपनीयतामा ध्यान पुर्याउनुहोला। प्रयत्न गर्दा आंशिक काम सम्पादन हुनेछ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)

प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। परिवेश उल्लासमय रहनेछ। व्यवसायले रमाइलो यात्रा गर्ने अवसर दिलाउन सक्छ। मिहिनेतले जीवनशैलीमा राम्रो परिवर्तन ल्याउनेछ। प्रियजनसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। आफन्तहरूको साथले आशा जगाउनेछ। गृहस्थी सुखद् र यात्रा रमाइलो रहनेछ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

 द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला, बिस्तारै फाइदा हुनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। स्वास्थ्य सबल रहनेछ भने पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। प्रतिस्पर्धामा केही गुमाउनुपरे पनि विजयी भइनेछ। लामो यात्राका लागि केही रकम खर्च हुने समय छ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

कामको मेसो नमिल्दा योजना पूर्ण नहुन सक्छ। हल्लाको पछि लाग्दा दु:ख पाइनेछ। आफ्ना मिहिनेतबाट अरूले फाइदा उठाउलान्। स्वास्थ्य-चिन्ताले सताउन सक्छ। अध्ययनमा समय दिन नसकिए पनि बुद्धिको उपयोगले लाभ हुनेछ। व्यवसायमा आंशिक फाइदा हुनेछ। नयाँ काम थाल्न केही समय प्रतीक्षा गर्नुहोला।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

हतारको निर्णयले काम बिग्रन सक्छ। महत्त्वाकांक्षी योजना कार्यान्वयनमा आफ्नैले बाधा पुर्याउन सक्छन्। बेसुरमा दिइएको वचनले अप्ठ्यारो पार्न सक्छ। अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ। मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला। आमाको सहयोग लिँदा काममा फाइदा उठाउन सफल भइनेछ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीहरू पछि हट्नेछन्। अग्रज तथा सहयोगी जुट्नाले सोचेको लाभ उठाउन सकिनेछ। नयाँ काम प्रारम्भ समय छ। व्यवसायमा राम्रै लाभ हुनेछ। बलजफ्तीले पनि चिताएको काममा सफलता पाइनेछ। मिहिनेतले दिगो फाइदा दिलाउन सक्छ। पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

प्रतिक्रिया दिनुहोस्