मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
घरपरिवारबाट साथ र सहयोग मिल्नेछ। सञ्चित धनमा वृद्धि हुनेछ। साहसिक कार्य गर्ने समय रहेको छ।
वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
कृषिमा पशुपालनबाट लाभ आर्जन गर्न सकिनेछ। स्वास्थ्यलाई लिएर खानपानमा विशेष ध्यान दिनुहोला। कार्यक्षेत्रमा प्रभाव बढ्नेछ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
अप्ठ्यारा कार्य सिद्ध हुनाले मनमा उत्साह जाग्नेछ। विद्यार्थीहरूलाई पठनपाठनमा मन नलाग्ला सावधान रहनुहोस्।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
कार्यक्षेत्रमा बोलीले कार्य सिद्ध गर्न सकिनेछ। आफन्तहरूसँग रमाइलो समय बित्नेछ। नोकरी वा पेशामा नयाँ जिम्मेवारी वहन गर्नुपर्ला।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
कार्यक्षेत्रमा आफ्नो जिम्मेवारी स्वयं बहन गर्नु होला। व्यापार व्यवसायमा अरुलाई सल्लाह दिनुभन्दा अरुको कुरा सुन्नु आज उपयुक्त रहनेछ। व्यक्तित्वलाई निखार्ने समय रहेको छ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
भावनामा आएर व्यापार व्यवसायमा कुनै निर्णय नलिनुहोला। कानुनी मामलाहरूमा पक्ष सबल रहनेछ। पुराना कुरालाई लिएर परिवारमा मनमुटाव थियो भने सुल्झिनेछ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
विद्यार्थीहरूको पठनपाठन मन नलाग्ला। कार्यक्षेत्रमा उच्च पदस्थ अधिकारीहरूबाट प्रशंसा पाइएला। हात लिएको काममा आलस्य नदेखाउनुहोस्।
वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)
कार्यक्षेत्रमा मानसम्मान बढ्नेछ। सांस्कृतिक संघ समारोहमा सहभागी भइएला। प्रतिष्ठित कार्य गरेर आफूलाई समाजमा चिनाउन सकिनेछ। जीवनसाथीको कुरालाई वेवास्था नगर्नुहोस्।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। वित्तीय र सहकारी संस्थाबाट लाभ होला। नयाँ ठाउँमा लगानी लगाउनु भन्दा अघि सोचविचार अवश्य गर्नुहोस्।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
कार्यक्षेत्रमा सहयोगीहरूले साथ दिनेछन्। व्यापार व्यवसायमा लाभ रहनेछ। विद्यार्थीहरूको तर्कशक्तिमा वृद्धि हुनेछ। आर्थिक पक्ष सबल रहनेछ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
वैदेशिक यात्रा लाभदायक रहनेछ। परिवारमा पुराना कुरालाई लिएर झै झगडा को सम्भावना रहेको छ सावधान रहनुहोस्। मन अशान्त रहन सक्छ। हात लिएको जिम्मेदारी पूरा गर्न आलस्य नगर्नुहोस्।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
धैर्य र पराक्रममा वृद्धि हुनेछ। घरमा मांगलिक कार्यको शुभारम्भले मन प्रसन्न रहनेछ। व्यवसायलाई लिएर गरिएको यात्रा लाभदायक रहनेछ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।