मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
वैदेशिक रोजगारी तथा विदेशसँग सम्बन्धित कार्यहरुबाट सफलता मिल्नेछ। स्वास्थ्यलाई लिएर सावधानी अपनाउनुपर्ने समय रहेको छ। अरुको काममा चासो लिँदा आफ्नो काम समयमा सम्पादन गर्न नसकिने अवस्था आँउन सक्छ । आजको शुभ रंग पहेलो हो भने शुभ अंक १ रहेको छ।
वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
आँटेको कार्य समयमा सम्पादन हुनाले मनमा हर्ष र उमंग छाँउनेछ। आफ्ना प्रियजनको साथ र सहयोगले नयाँ कार्य थालनी होला। सन्तान पक्षको प्रगतिले मन प्रशन्न रहनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक २ रहेको छ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
आर्थिक वा व्यावसायिक क्षेत्रमा सुधार हुनेछ। शत्रुमाथि विजय पाउने समय रहेको छ। आफुलाई लागिरहेको शंका र दुविधाहरूको समाधान हुनेछ। नोकरी वा पेशामा अधिकारी वर्गहरूको साथ र सहयोग पाइनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
कार्यक्षेत्रमा सतर्कता अपनाउनुपर्ने हुन्छ। कसैसँग बोल्दा विचार पुर्याएर बोल्नुपर्ने समय रहेको छ। शुभ र मांगलिक कार्यको घरपरिवारसँग चर्चा हुनेछ। विद्यार्थीहरुलाई उच्च शिक्षालाई लिएर नयाँ अवसरहरू मिल्नेछन्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ५ रहेको छ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
काममा नेतृत्व क्षमता देखिनेछ। पद प्रतिष्ठामा वृद्धि हुने संकेत छन्। व्यापार व्यवसायमा नयाँ सम्झौताहरूले भविष्यलाई लिएर नयाँ योजना बनाउनुपर्ला। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ७ रहेको छ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
प्रशासनिक क्षेत्रमा प्रभाव बढ्नेछ। प्रेम सम्बन्धलाई विवाहमा परिणत गराउनको लागि उचित समय रहेको छ। आफन्तहरूको साथ र सहयोग पाइनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
वित्तीय वा सहकारी संस्थाबाट लाभ मिल्ला। आफ्नो कमजोरी माथि टिका टिप्पणी हुनसक्ने कुराबाट सावधान रहनुहोला । अधुरा र अपुरा कामहरू सम्पन्न हुने योग छ। आजको शुभ रंग आकाशे निलो हो भने शुभ अंक ७ रहेको छ।
वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)
सन्तानको पठनपाठनमा धन खर्च हुनेछ। वकालतको क्षेत्रमा आफ्नो कुरालाई स्थापित गर्न सकिनेछ। गृहिणीहरूको धर्मकर्ममा रुचि बढ्नेछ। समग्रमा आजको दिन यहाँहरुको लागि मिश्रीत फलदायी रहेको छ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ६ रहेको छ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
प्रशासनिक क्षेत्रमा प्रभाव र रुचि बढ्ने समय रहेको छ। स्वास्थ्यलाई लिएर समस्या हुन सक्छ तसर्थ व्यायाम र आहारविहारमा विशेष ध्यान दिनुहोला। पारिवारिक मुद्दा मामलाहरू सुल्झाउनमा सफल भईनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ९ रहेको छ
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
धैर्य र आत्मविश्वासमा वृद्धि हुनेछ। रचनात्मक क्षेत्रमा अनुभवीहरूको साथ मिल्नाले कार्यमा निखारता आउनेछ। आय आर्जनका नयाँ स्रोतहरू बन्नेछन्। आर्थिक पक्ष सबल रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहनेछ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
मीन राशी हुने व्यक्तिहरुको आजको दिन मध्यम रहेको छ। अरुको वादविवादमा आफू पर्नाले बनेको काम बिग्रन सक्ने सम्भावना छ। कार्यक्षेत्रमा देखासिकी गर्नेहरुबाट सावधान रहनुहोस्। पैसाको लेनदेनमा सावधानी राख्नुहोला। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ९ रहेको छ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।







