Logo

आज २०८२ साल मंसिर १६ गते मंगलवारको राशिफल



मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

रोजगारीको खोजीमा आफन्तहरूबाट टाढिनुपर्ला। कार्यक्षेत्रमा सकारात्मक सोचको साथ अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। स्वास्थ्य सम्बन्धी समस्यालाई लिएर सचेत रहनुहोला। आज को शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

व्यापार व्यवसायमा लाभ रहनेछ। प्रेम सम्बन्धलाई विवाहमा टुंग्याउन सक्नुहुनेछ। आय आर्जनका नयाँ स्रोतहरू फेलापर्नेछन्। नोकरी वा पेशामा अधिकारी वर्गहरूबाट सहयोग पाइनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

छरछिमेकीहरू सहयोगी सिद्ध हुनेछन्। सेवामूलक कार्यबाट मान प्रतिष्ठा पाइनेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। परिस्थितिलाई आफ्नो अनुकूल बनाउन सक्नुहुनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

घरपरिवारमा मांगलिक कार्यको चर्चा हुनेछ। यात्राको प्रक्रिया अगाडि बढ्न सक्छ। शैक्षिक क्षेत्र फराकिलो हुनाले विद्यार्थीहरूको तर्कशक्तिमा वृद्धि हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

प्रयत्न गर्दा फसेको रकम उठाउन सकिनेछ। उपलब्धिहीन कार्यमा समय व्यतीत हुनेछ। स्वास्थ्यलाई लिएर खानपिनमा सावधान रहनुहोला। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ४ रहेको छ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

दाम्पत्य जीवन सुमधुर रहनेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। विद्यार्थीहरूलाई आफ्नो प्रतिभालाई प्रदर्शन गर्ने अवसर मिल्नेछ। खर्च लागे पनि नयाँ दिगो कार्यमा लगानी लगाउने अवसर प्राप्त हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

भविष्यको लागि काममा जग बसाउने अवसर मिल्नेछ। सामाजिक कार्यमा सहभागिताले हौसला प्रदान गर्नेछ। वित्तीय वा सहकारी संस्थाबाट लाभ लिन सकिएला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)

वृश्चिक राशि विद्यार्थीहरूलाई पढाईको क्षेत्रमा गुरुजनहरूबाट सहयोग मिल्नेछ। बुद्धिको उपयोगले विवादास्पद समस्याहरू सुल्झाउन सकिनेछ। मनमा परोपकारको भावना जागृत हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

संवेदनशील विषयवस्तुमा आत्तिएर निर्णय नलिनुहोला। व्यापार विस्तारको लागि नयाँ लगानी लगाउनु पर्ला। आफन्तहरूबाट सहयोग मिल्नाले मनोबल उच्च रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

चिताएका काम समयमा सम्पादन गर्न सकिनेछ। राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ। तारिफयोग्य कामले अरुको मन जित्न सकिनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

पहिला बिगरिएका कार्य दोहोराएर प्रयत्न गर्दा राम्रो लाभ उठाउन सकिनेछ। अध्ययन र व्यापार व्यवसायमा सफलता मिल्नेछ। रमाइलो वा उत्साहजनक समय व्यतीत हनेुछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ९ रहेको छ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

प्रतिक्रिया दिनुहोस्