Logo

आज २०८२ साल मंसिर १७ गते बुधवारको राशिफल



मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

भावनामा आएर कुनै पनि कार्य नगर्नुहोस्। नयाँ निर्णय लिँदा विचार पुराएर र अनुभवी जनहरूसँग सल्लाह गरेर लिनुहोस्। प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ। प्रेम सम्बन्धमा सुधार हुनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

पिताको सहयोगले रोकिएका कार्य पुनः प्रारम्भ हुनेछन्। नोकरी वा पेशामा प्रभाव बढ्नेछ। व्यापार व्यवसायलाई लिएर यात्रा गर्नुपर्ला। प्रियजनको भेटघाटले दिन रमाइलो रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

व्यापार व्यवसायमा आर्थिक लाभ हुनेछ साथै साझेदारी व्यापारमा समझदारी बढ्नेछ। निर्णय लिने क्षमता राम्रो देखिएको छ। शुभचिन्तकहरूको साथ पाइएला। आजको शुभ रंग केशरी हो भने शुभ अंक २ रहेको छ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

कामको मेसो नमिल्दा कार्यक्षेत्रमा पछाडि परिनेछ। अरुको लागि बुद्धि र श्रम खर्च गर्नुपर्ला। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ५ रहेको छ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

दाम्पत्य जीवन रमाइलो रहनेछ। जीवनसाथीको साथ र सहयोग पाइनेछ। कार्यक्षेत्रमा सहयोगीहरूबाट सद्भाव र नैतिक प्रोत्साहन पाइनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

मेहनत अनुसार फल प्राप्तिको योग छ। भाग्य माथि विश्वास गरेर पुरुषार्थ गर्न नचुक्नुहोस्। नयाँ कामको अवसर प्राप्त भएपनि लाभ उठाउन नसकिएला। सवारी साधन चलाउँदा सावधान रहनुहोला। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

शैक्षिक क्षेत्रमा सफलता मिल्नुका साथै बौद्धिक स्तरमा विकास हुनेछ। सामाजिक छविमा सकारात्मक वृद्धि हुनेछ। स्वास्थ्यले साथ दिनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ५ रहेको छ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)

धनार्जनका नयाँ स्रोतहरू फेलापर्नेछन् साथै वित्तीय पक्ष सबल रहनेछ। अध्ययन र ज्ञान सम्बन्धी प्रयासमा सफलता मिल्नेछ। व्यक्तिगत सौन्दर्य सामग्रीमा धनखर्च होला। आजको शुभ रंग कलेजी हो भने शुभ अंक १ रहेको छ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

उत्साह र उमंगमा वृद्धि रहनेछ। सकारात्मक सोच लिएर अगाडी बढ्नुहोस् सफलता मिल्नेछ। विशिष्ट व्यक्तिसँग भेटघाटको योग छ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ८ रहेको छ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

प्रियजनको साथले रमाईलो र उत्साहवर्धक समय रहनेछ। व्यापार व्यवसायमा बोली बिक्नेछ। मेहनत वा परिश्रमले प्रतिपक्षीहरू पनि हजुरको सहयोगी बन्नेछन्। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ७ रहेको छ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

सामाजिक मेलजोल बढ्नाले मन प्रशन्न रहनेछ। व्यापारी वर्गलाई व्यापारमा लाभको स्थिति रहेको छ। कार्यक्षेत्रमा सहयोगी वर्गको मनमुटाव सुल्झिनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक २ रहेको छ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

प्रतिक्रिया दिनुहोस्