मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
पारिवारिक जिम्मेवारी पूरा गर्नमा समय व्यतीत हुनेछ। नयाँ अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। जोखिमपूर्ण गतिविधिहरूबाट जोगिनुहोला। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ३ रहेको छ।
वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
आफन्त वा मित्रवर्गहरूबाट सहयोग मिल्नेछ। स्वास्थ्य सबल रहनेछ। सानो दूरीको सुखद यात्राको योग छ। पराक्रमबाट शत्रुमाथि विजय प्राप्त गर्न सकिनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक १ रहेको छ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
संयमित र स्पष्ट संवाद कायम राख्नुहोस्। आर्थिक पक्ष सबल रहनेछ। विद्यार्थीहरूको शैक्षिक क्षेत्रमा प्रगति हुनेछ। परिवारको साथ मिल्नाले मनोबल उच्च रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
नयाँ वस्त्र आभूषणले सौन्दर्यमा निखार आउनेछ। दाम्पत्य जीवन सुखमय रहनेछ। सम्मानित कार्यले समाजमा नाम स्थापित हुनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ३ रहेको छ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
अनावश्यक काममा अल्मलिदा कार्यक्षेत्रमा पछि परिनेछ। अनियन्त्रित खर्चबाट जोगिनुहोस्। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं। चर्म रोग सम्बन्धी समस्याले सताउन सक्छ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
व्यापार व्यवसायमा मनग्य लाभ आर्जन गर्न सकिनेछ। सन्तानको प्रसिद्धिले मन उत्साहित रहनेछ। नोकरी वा पेशामा अधिकारी वर्गहरु सहयोगी सिद्ध हुनेछन्। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ६ रहेको छ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
आँटेको कार्य सिद्ध हुनेछ। उच्च अधिकारीको साथ र सहयोग मिल्नाले नयाँ कामतर्फ मन लाग्नेछ। नोकरी वा पेशामा कार्यको तारिफ हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ९ रहेको छ।
वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)
परोपकारको लागि उत्तम समय रहेको छ। धार्मिक स्थलहरूमा भ्रमणका योग छन्। प्रशासनिक र राज्यपक्षबाट सहयोग मिल्नेछ। दामपत्य जीवन सुमधुर रहनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ८ रहेको छ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
स्वास्थ्यलाई लिएर खानपिनमा सावधान रहनुहोस्। मन अशान्त रहनेछ। समस्या दर्शाउँदा सहयोगीहरूले साथ दिनेछन्। नयाँ अनुबन्ध र सम्झौताको लागि उपयुक्त समयको प्रतिक्षा गर्नुहोस्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ६ रहेको छ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
व्यापार व्यवसायमा जीवनसाथीको सहयोग मिल्नेछ। साझेदारी व्यापारमा कुनै कुरालाई लिएर असन्तोषको भावना जागृत हुनेछ। स्वास्थ्य सबल रहनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक १ रहेको छ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
शत्रुमाथि विजय प्राप्त हुनेछ। धन खर्चमा वृद्धि हुनेछ। योग्यताको उचित मूल्यांकन हुनेछ। विवादास्पद विषयवस्तुमा सफलता प्राप्त हुनेछ। सवारी साधन चलाउँदा सावधान रहनुहोला। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
विद्यार्थीहरूलाई अध्ययन अध्यापनमा सफलता मिल्नेछ। कार्यक्षेत्रमा अनुकुल परिस्थितिको आनन्द उठाउन सक्नुहुनेछ। योजनाबद्ध तरिकाले कार्य गर्नुहोस् सफलता मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ५ रहेको छ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।







