Logo

आज २०८२ साल माघ १० गते शनिवारको राशिफल



मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

आज मन अलि भावुक हुन सक्छ तर सिर्जनशील सोच बढ्ने दिन हो। काममा धैर्यता राख्नुभयो भने सकारात्मक परिणाम देखिन्छ। अनावश्यक वहस र आवेगपूर्ण निर्णयबाट टाढा रहनु राम्रो रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ९ रहेको छ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

मित्रता र सहकार्यले मनलाई सन्तुलनमा राख्नेछ। समूहमा गरिएको कामले फाइदा दिन सक्छ। आलस्यले राम्रो अवसर छुट्न नदिनुहोस्। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ३ रहेको छ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

आज कुनै पनि कार्य गर्दा निर्णयमा स्पष्टता चाहिन्छ। लेखन,पढाइको कुराकानीमा राम्रो प्रभाव पर्छ। भावनात्मक विषयमा वाचा नगर्नु बुद्धिमानी हुन्छ।आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

परिवार र समाजको बीचमा राम्रो छवि बनाउन सकिनेछ। नयाँ कार्य प्रारम्भ गर्नुभन्दा पुरानो कामलाई नै निरन्तरता दिनुहोस्। आर्थिक पक्षलाई लिएर सन्तोषजनक संकेत देखिएको छ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ३ रहेको छ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

काम देखाएर अरुको मन लोभ्याउन सकिनेछ। कुनै कार्य समयमा सम्पादन हुनाले मन उत्साहित रहनेछ। दाजुभाई वा शुभचिन्तकहरूको साथ पाइनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

सानातिना काम मिलाएर गर्दा आत्मसन्तुष्टि मिल्छ। सेवाभाव र सहयोगी व्यवहारले मन हलुका बनाउँछ। स्वास्थ्यमा लापरवाही नगर्नुहोस् साथै खानपिनमा ध्यान दिनुहोला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

सम्बन्ध सुधार्ने र मनका कुरा राख्ने अनुकूल समय रहेको छ। कला र सौन्दर्यतर्फ आकर्षण बढ्ने दिन हो। निर्णयमा ढिलाइ गर्दा अवसर चुक्न सक्छ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ९ रहेको छ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)

भनेको कुराको विपरीत अर्थ लाग्नेछ सचेत रहनुहोस्। शैक्षिक क्षेत्र अलि कमजोर देखिएको छ। स्वास्थ्यमा गडबडीले कामकाजमा असर पार्न सक्छ। बिदेशतिरबाट शुभ सूचना प्राप्त हुनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ६ रहेको छ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

कीर्तिमानी काम गर्ने समय रहेको छ। घरपरिवार वा नजदिकी छरछिमेकीको सहयोग मिल्नेछ। प्रेमीको सहयोग पाइनेछ। दिन उत्साहजनक रहनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ९ रहेको छ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

काममा धैर्य आवश्यक देखिन्छ। अचानक भावनात्मक प्रतिक्रिया आउन सक्छ। नयाँ कुरा सिक्ने इच्छा जाग्नेछ। काममा उत्साह बढ्नेछ। साथी वा गुरुबाट सहयोग मिल्न सक्छ। यात्राको योजना बन्न सक्छ।आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

काममा अनुशासन आवश्यक रहनेछ। आर्थिक पक्ष स्थिर रहने संकेत छ। परिवारको सल्लाह उपयोगी हुनेछ। स्वास्थ्यमा पेटसम्बन्धी सावधानी अपनाउनुहोस्। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

आत्मविश्वास र पराक्रममा वृद्धी हुनेछ। भावनामा बगेर निर्णय नगर्नु उत्तम हुनेछ। एकान्त र प्रकृतिमा रमाउन मन लाग्छ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक २ रहेको छ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

प्रतिक्रिया दिनुहोस्