मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
आज मन संवेदनशील रहन सक्छ साना कुराले पनि छोइरहन सक्छ। नजिकका मानिससँगको कुराकानीले मन हलुका बनाउनेछ। पुराना कुरा सम्झेर निर्णय गर्दा फाइदा हुनेछ। आजको शुभ रंग हल्का रातो हो भने शुभ अंक ९ रहेको छ।
वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
आज बोलचाल र सम्पर्कले धेरै कुरा स्पष्ट बनाउने दिन हो। नसोचेको सल्लाह वा सूचना काम लाग्न सक्छ। धैर्यका साथ अघि बढ्दा मिश्रित अवस्थाबाट लाभ लिन सकिन्छ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
आर्थिक मूल्यसँग जोडिएका विषयले ध्यान तान्न सक्छ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। खर्चमा सन्तुलन राख्दा दिन सहज बन्दै जानेछ। आजको शुभ रंग हल्का हरियो हो भने शुभ अंक ५ रहेको छ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
आज आफ्नै मन चाहना र निर्णय केन्द्रमा रहने दिन हो। आत्मविश्वास बढ्ने र नयाँ सुरुवातको सोच आउन सक्छ। सोचाईलाई सही रुपमा प्रयोग गर्दा राम्रो परिणाम मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
आज अलि एकान्त मन पर्ने र भित्री सोच बढ्ने दिन हो। अधुरा काम वा पुराना विषय मनमा खेल्न सक्छ। ठूलो निर्णयभन्दा तयारीमा समय दिनु उपयुक्त हुनेछ। आजको शुभ रंग हल्का सुनौलो हो भने शुभ अंक १ रहेको छ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
आज साथीभाइको सम्बन्ध सुखद् रहनेछ। साझा विचार र सहकार्यले उत्साहित बनाउने छ। सानो सहयोगले पनि ठूलो अर्थ दिन सक्छ। आजको शुभ रंग नीलो हो भने शुभ अंक ५ रहेको छ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
आज यहाँहरुको जिम्मेवारी र अपेक्षा दुवै बढ्न सक्छन्। आफ्नो कामप्रति गम्भीर हुँदा सम्मान मिल्ने देखिन्छ। भावनापरक भन्दा स्थिर सोच उपयोगी हुनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ६ रहेको छ।
वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)
आज सोच फराकिलो बनाउने दिन हो। नयाँ दृष्टिकोण वा फरक अनुभवले मन प्रफुल्ल बनाउनेछ। आत्मविश्वासका साथ अघि बढ्दा राम्रो अवसर देखिनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ९ रहेको छ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
आज गहिरा विषय वा भित्री कुरा सतहमा आउन सक्छन्। भावनात्मक उतारचढाव सम्भव छ संयमित रहनुहोला। कार्य गर्दा जोखिमभन्दा समझदारी अपनाउँदा दिन सहज रहनेछ। आजको शुभ रंग हल्का पहेलो हो भने शुभ अंक ३ रहेको छ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
आज सम्बन्ध र आपसी समझदारीमा ध्यान जाने दिन हो। गलत बुझाइ हटाएर कार्य सम्पादन गरेमा सफलता मिल्नेछ। सहयोग र सहमतिले कार्य गर्दा कार्यक्षेत्रबाट लाभ हुनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ८ रहेको छ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
आज दैनिकी र जिम्मेवारी अलि भारी लाग्न सक्छ। शरीर र मन दुवैलाई आराम दिनु आवश्यक। साना काम लगातार विश्राम गर्दै गर्दा थकान घट्नेछ।आजको शुभ रंग नीलो हो भने शुभ अंक ४ रहेको छ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
आज सिर्जनशीलता र भावनाको सुन्दर संगम देखिन्छ। मन लागेको कुरा व्यक्त गर्न मन लाग्नेछ। कला साहित्यका बिषयमा रुचि बढ्नेछ। प्रेम सम्बन्धमा मिठास बढ्ने योग छ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ७ रहेको छ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।







