Logo

आज २०८२ साल माघ २३ गते शुक्रवारको राशिफल



मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

व्यापारमा आयस्रोत बढ्नेछ। कार्यक्षेत्रमा मेहनत अनुसार फल मिल्नेछ। विद्यार्थीहरुलाई अध्ययनबाट पुरस्कार मिल्नेछ। आलोचनाबाट सजग रहनुहोला। आजको शुभ रंग रातो हो भने शुभ अंक ४ रहेको छ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

यश र कीर्तिमा वृद्धि हुनेछ। भाग्यको साथ मिल्नेछ। कार्यक्षेत्रमा नसोचेको काम सम्पादन हुनेछ। व्यवसाय र उद्योगमा लाभ हुनेछ। शुभचिन्तकहरूको साथ मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ९ रहेको छ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

अगाडि रोकिएका कार्यहरू सम्पादन हुनेछन्। मित्रहरूबाट सहयोग मिल्नेछ। नोकरी वा पेशामा प्रतिद्वन्दीहरू परास्त हुनेछन्। भविष्यलाई लिएर विशेष योजनाहरू बन्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

साहस र उत्साहले अप्ठ्यारो कार्य पनि सजिलै सम्पादन हुनेछ। कार्यक्षेत्रमा नयाँ जिम्मेवारी पाइनेछ। प्रयास गर्दा विदेशतिर जाने अवसर पनि जुट्न सक्छ। कार्यक्षेत्रमा मेहेनत अलि धेरै गर्नुपर्ला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ५ रहेको छ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ। पैतृक सम्पत्तिको लेनदेन गर्नुअघि हरेक कुराको जाँच गरौं। कृषि वा पशुपालनबाट लाभ कमाइनेछ। कार्यक्षेत्रमा आफ्नो योग्यताको प्रदर्शन गर्न अवसर पाइनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ७ रहेको छ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

आफन्तहरूसँग विशेष भेटघाटको अवसर जुट्नेछ। नोकरी वा पेशामा पदोन्नति वा अनुकूल स्थान प्राप्ति हुने सम्भावना छ। विद्यार्थीहरूलाई उच्च शिक्षाको लागि वैदेशिक अवसर मिल्नेछ। आजको शुभ रंग केसरी हो भने शुभ अंक १ रहको छ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

अगाडि रोकिएका कार्यहरू प्रारम्भ हुनेछन्। शेयर मार्केटबाट मनग्य लाभ मिल्ने सम्भावना छ भने कार्यक्षेत्रमा सहयोगीहरूको सहयोग मिल्नेछ। आर्थिक पक्ष सबल रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)

सरकारी नोकरीमा पदको प्रभावले लाभ मिल्नेछ। स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। खानपानको विशेष ध्यान राखौं। यात्रा गर्दा आफ्नो सामानको सुरक्षा स्वयं गरौं। प्रतिस्पर्धी विद्यार्थीहरुलाई प्रतिस्पर्धामा सफलता मिल्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ५ रहेको छ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

नोकरी वा पेशामा अप्ठ्यारा कामको नेतृत्वमा सफल हुनाले अधिकारी वर्गहरुबाट सम्मान पाइनेछ । व्यापार व्यवसायमा आयका नयाँ स्रोतहरू बढ्नेछन्। आफ्नो खर्चमा नियन्त्रण राख्नुपर्ने हुन्छ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

नोकरी र राजनीतिक क्षेत्रमा प्रतिष्ठा बढ्नेछ। विद्यार्थीहरूलाई उच्च शिक्षाको लागि नयाँ बाटो खुल्नेछ। सांस्कृतिक समारोहमा सहभागी हुने अवसर मिल्नेछ। कार्यक्षेत्रमा बुद्धि र ज्ञानको प्रशंसा हुनेछ। उच्च महत्वकांक्षाले समस्याहरू पनि निम्त्याउनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ९ रहेको छ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

नोकरी वा पेशामा उच्च पदका अधिकारीहरुबाट प्रशंसा मिल्नेछ। आर्थिक कारोबारमा लाभ मिल्नेछ। पिताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। सानो प्रयत्नले गर्दा जीवनशैलिमा सुधार ल्याउन सकिनेछ। दाम्पत्य जीवन सुखमा रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ६ रहेको छ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

पुराना मित्रको सहायताले रोकिएका काम प्रारम्भ हुनेछन्। जीवनसाथीको स्वास्थ्यलाई लिएर मन अशान्त रहनेछ। सवारी साधनमा धन खर्च गर्नुपर्ला। कार्यक्षेत्रमा शत्रुपक्षहरू सक्रिय रहनेछन्। अध्ययनमा प्रगति हुनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

प्रतिक्रिया दिनुहोस्