Logo

आज २०८२ साल माघ ३ गते शनिवारको राशिफल



मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

आजको दिन कार्य गर्ने उत्साह र उमंगले भरिपूर्ण हुनेछ। आर्थिक कारोबारमा सोचविचार गरेर मात्रै निर्णय गर्नु फाईदाजनक हुनेछ। घरपरिवारसँग समय व्यतीत गर्ने सुनौलो अवसरले मन प्रसन्न रहनेछ। स्वास्थ्यमा हल्का तलमाथि पर्न सक्छ त्यसैले अत्यधिक भारी कामहरुलाई बिस्तारै आरामदायक रुपमा गर्नुहोला। आजको शुभ रंग रातो हो भने शुभ अंक ४ रहेको छ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

पुराना विवादास्पद समस्याहरू सुल्झिनेछन्। सेवामूलक कामबाट सुख शान्ति वा प्रतिष्ठा मिल्नेछ। स्वास्थ्यलाई लिएर आकस्मिक खर्च बढ्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

आफ्नो व्यक्तित्वलाई निखार्ने समय रहेको छ। बैठकमा आफ्ना कुराहरूलाई मजबुतीको साथ राख्न सकिनेछ। विद्यार्थीहरूलाई पठनपाठनमा मन लाग्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

परिवार र समाजको बीचमा राम्रो छवि बनाउन सकिनेछ। नयाँ कार्य प्रारम्भ गर्नुभन्दा पुरानो कामलाई नै निरन्तरता दिनुहोस्। आर्थिक पक्षलाई लिएर सन्तोषजनक संकेत देखिएको छ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ३ रहेको छ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

काम देखाएर अरुको मन लोभ्याउन सकिनेछ। कुनै कार्य समयमा सम्पादन हुनाले मन उत्साहित रहनेछ। दाजुभाई वा शुभचिन्तकहरूको साथ पाइनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

कामगर्दा ध्यान दिएर र सूक्ष्मता बिचारेर मात्र गर्नुहोला। आर्थिक स्थिति स्थिर रहने संकेत छ। योजना बनाएर गरेको कामले मात्र आराम दिनेछ त्यसैले कामगर्नुपूर्व योजना अनिवार्य बानउनुहोला। पाचनसम्बन्धी सावधानी अपनाउनु र चिल्लो पिरोजन्य खानेकुराहरु नखानुनै आज यहाँहरुको लागि उपयुक्त हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

नयाँ वस्त्र वा अलंकारको प्राप्ति होला। बुद्धिको उपयोगले जटिल काम समयमा सम्पादन हुनेछ। कृषिक्षेत्रमा सफलता मिल्नेछ। काम गर्दा हतार नगर्नु राम्रो हुनेछ। आर्थिक लेनदेनमा सतर्कता आवश्यक देखिन्छ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)

भनेको कुराको विपरीत अर्थ लाग्नेछ सचेत रहनुहोस्। शैक्षिक क्षेत्र अलि कमजोर देखिएको छ। स्वास्थ्यमा गडबडीले कामकाजमा असर पार्न सक्छ। बिदेशतिरबाट शुभ सूचना प्राप्त हुनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ६ रहेको छ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

कीर्तिमानी काम गर्ने समय रहेको छ। घरपरिवार वा नजदिकी छरछिमेकीको सहयोग मिल्नेछ। प्रेमीको सहयोग पाइनेछ। दिन उत्साहजनक रहनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ९ रहेको छ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

काममा धैर्य आवश्यक देखिन्छ। अचानक भावनात्मक प्रतिक्रिया आउन सक्छ। नयाँ कुरा सिक्ने इच्छा जाग्नेछ। काममा उत्साह बढ्नेछ। साथी वा गुरुबाट सहयोग मिल्न सक्छ। यात्राको योजना बन्न सक्छ।आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

काममा अनुशासन आवश्यक रहनेछ। आर्थिक पक्ष स्थिर रहने संकेत छ। परिवारको सल्लाह उपयोगी हुनेछ। स्वास्थ्यमा पेटसम्बन्धी सावधानी अपनाउनुहोस्। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

भावनामा नियन्त्रण राखेर अघि बढ्दा नै आजको लागि उपयुक्त हुन्छ। पेशागत क्षेत्रमा परिश्रमको राम्रो प्रतिफल मिल्नेछ। आर्थिक पक्ष निराशाजनक हुने सम्भावना छ। हजुरले लिनुभएको निर्णयमा परिवारको साथ र समर्थन प्राप्त हुनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ७ रहेको छ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

प्रतिक्रिया दिनुहोस्