Logo

आज २०८२ साल वैशाख १९ गते शुक्रवारको राशिफल



मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिलाे हुनेछ। व्यवसायमा मनग्य धनलाभ हुनेछ भने पहिलेकाे लगानीले दिगो फाइदा दिलाउनेछ। मिहिनेतले दैनिकीमा सुधार ल्याउनेछ। शत्रु र प्रतिस्पर्धीलाई पछि पर्दै लाभ उठाउन सफल भइनेछ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सम्पादित कामबाट मनग्गे धन लाभ हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। बोलीको भरमा चिताएको काम सम्पादन हुन सक्छ। विचारले धेरैलाई प्रभावित पार्ने समय छ। प्रशंसकहरू बढ्नेछन्।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

 विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बन्नेछ। टाढाका साथीभाइले काममा साथ दिनेछन्। तर, खर्च बढ्नेछ भने आलस्य गर्ने बानीले अलि पछि परिनेछ। पछिल्लाे समयका लागि केही वस्तु त्याग्नुपर्ला।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

दिगो फाइदा हुने काममा जग बसाउने मौका प्राप्त हुनेछ। तर आजको लाभांश सञ्चय नहुन सक्छ। केही फाइदा लिन अर्को वस्तु त्याग्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। सरसापटमा धन बाहिरिन सक्छ। आवश्यक पर्दा सरसापट तथा कर्जामार्फत धन जुट्नेछ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर जुट्नेछ। दिगो व्यवसायबाट विशेष फाइदा लिन सकिनेछ। विशेष भेटघाटले थप उत्साह बढाउला। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। सामाजिक जिम्मेवारी प्राप्त हुनेछ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

आस मारेकाे काम समेत सम्पादन हुनेछ। धर्मकर्म तथा परोपकारी काममा प्रवृत्त भइनेछ। दिगाे काममा जग बसाउने अवसर प्राप्त हुनेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ। दाम, इनाम र प्रतिष्ठा हातपार्न सफल भइनेछ। सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)

विशेष जिम्मेवारी प्राप्त हुनेछ। सानो प्रयत्नले धेरैको भलाइ गर्न सक्छ। भेटघाटले काम गर्ने अवसर दिलाउनेछ। समाजमा तारिफयोग्य काम गर्दै राम्रो उपलब्धि हातपार्न सकिनेछ। अध्यात्मभाव जागृत हुनाले धर्मकर्ममा प्रवृत्त भइनेछ। आलस्य गर्ने बानीले कार्य सम्पादनमा केही विलम्ब हुन सक्छ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

स्वास्थ्य कमजोर रहनाले यात्रा अलि कष्टपूर्ण हुनेछ। आफ्ना विषयमा अरूले दाबी गर्न सक्छन्। तापनि समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन्। काम बन्न समय लागे पनि सकारात्मक संकेत प्राप्त हुनेछ। थन्किएका वस्तुको उपयोग हुनेछ। समाजसेवा र सत्कार्यमा केही खर्च गर्नुपर्ने हुन सक्छ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

खर्झ बढ्नेछ। यात्रा अलि कष्टपूर्ण हुनेछ। गलत व्यक्तिको विश्वास गर्नाले धोका हुन सक्छ। विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष कमजोर रहनेछ। परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। विवाद तथा मुद्दाहरूमा अघि नसर्नुहाेला। प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। व्यापारमा फाइदा र पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ। सन्तान वा अनुयायीको साथले पनि काममा जोसजाँगर बढ्नेछ। विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

काममा धेरै लाभ उठाउन नसकिए पनि समस्या सुल्झनेछन्। पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। टाढिएका आफन्त नजिकिन सक्छन्। शुभचिन्तकहरूलाई साथमा लिएर जुट्नुहोला, मिहिनेतले काम सम्पादन हुनेछ। रोकिएका काममा भने दोहोर्याएर प्रयत्न गर्नुपर्ला।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

प्रतिक्रिया दिनुहोस्