Logo

आज २०८२ साल श्रावण ८ गते बिहीवारको राशिफल



मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिलो हुनेछ। मिहिनेतले दिगो फाइदा दिलाउन सक्छ। मध्याह्नदेखि आफन्तमा असमझदारी बढ्न सक्छ। चिताएका काम समयमा गर्न नसकिएला। आफन्तजनको विश्वास गुम्न सक्छ। छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउनेछ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

अध्ययन र व्यापारमा सोचेजस्तो प्रगति नहुन सक्छ। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय छ, सजग रहनुहोला। तापनि, मौका पर्खंदा स्थितिमा सुधार आउनेछ। दिउँसोतिर रोकिएका काम आंशिक रूपमा बन्नेछन् भने उद्योग र व्यापारमा पनि फाइदा हुनेछ। मिहिनेत गर्दा रोकिएका काम पुनः सञ्चालन हुन सक्छन्।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। उपलब्धिको स्रोत प्राप्त हुनेछ भने प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। भाग्यले विभिन्न अवसर जुराउनेछ र मिहिनेतले सफलताको उचाइमा पुर्याउनेछ। सानो प्रयत्नले सजिलै लक्ष्यमा पुग्न सकिनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

व्यापारिक लगानीमा जोखिम बढ्न सक्छ। गोपनीयता भंग हुनुका साथै धन बाहिरिन सक्छ। बाध्यात्मक परिस्थितिले इच्छाशक्ति कुण्ठित हुनेछ। आफ्ना कमजोरीको फाइदा उठाउनेहरू सक्रिय हुनेछन्। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

प्रियजनसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। परिवेश उल्लासमय रहनेछ। व्यवसायले रमाइलो यात्रा गर्ने अवसर दिलाउन सक्छ। भ्रमण, खानपान र किनमेलमा केही खर्च हुनेछ। तापनि मिहिनेत गर्दा चिताएकाे काम गर्न सकिनेछ। व्यवसायबाट आम्दानी भइरहनेछ। भौतिक वस्तुहरू जुटाउन सकिनेछ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

सहयोगीहरूले पनि हिम्मत दिलाउनेछन्। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। व्यापारमा थोरै लगानीबाट नाफा कमाउन सकिनेछ। विभिन्न भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ होला। अप्ठ्यारा परिस्थितिलाई सहज बनाउने बेला छ। दिउँसोदेखि धनलाभ हुनेछ। आफ्नो क्षेत्रमा दाम र इनाम प्राप्त हुन सक्छ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। विद्यामा वृत्ति, सहुलियत वा विशेष अवसर प्राप्त हुनेछ। सहपाठीहरूलाई उछिन्दै पुरस्कार, प्रशंसा आदि प्राप्त गर्न सकिनेछ। व्यापारमा पनि फाइदा हुनेछ। पशुपालन र कृषिमा राम्रो लाभ मिल्नेछ। सन्तान वा अनुयायीको साथले उत्साह जगाउनेछ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)

काममा धेरै लाभ उठाउन नसकिए पनि समस्या सुल्झनेछन्। पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। टाढिएका आफन्त नजिकिन सक्छन्। पुरानो सम्झौता भंग हुन सक्छ। शुभचिन्तकहरूलाई साथमा लिएर जुट्नुहोला, महत्त्वाकांक्षी योजना सम्पादन हुने समय छ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

कर्मयोगले लोकप्रियता दिलाउनेछ भने विशेष उपहार प्राप्त गर्ने समय छ। तर पहिलेका सहयोगीहरू प्रतिस्पर्धीका रूपमा देखा पर्नेछन्। प्रतिद्वन्द्वीहरू बढ्नेछन् भने लाभांश बाँडिन सक्छ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। उद्योग र व्यापारमा फाइदा हुनेछ। पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

सुखद् समाचारले उत्साह जगाउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। नयाँ काम प्रारम्भ हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। बोलीको प्रभाव बढ्नाले काममा फाइदा हुनेछ। विभिन्न भौतिक साधन प्राप्त हुनेछन्। धन तथा ज्ञानको भण्डार बढ्नेछ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। कामकाे सफलताले हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीले साथ दिनेछन्। बिछोडिएका आफन्तसँग भेटघाट होला। पहिलेका कमजोरी सुधार्दै फाइदा उठाउने समय छ। पहिरनले व्यक्तित्वमा आकर्षण ल्याउनेछ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

बलजफ्ती गर्दा काम बिग्रन सक्छ। आफ्ना मालमत्ता तथा सम्पत्तिमा अरूले दाबी गर्न सक्छन्। अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला। सहयोगीहरूले साथ दिन छाड्नेछन् भने प्रगतिमा ईर्ष्या गर्नेहरूले दु:ख दिनेछन्। अध्ययनमा ध्यान नजाने हुँदा गुरुजनको मार्गदर्शन उपयोगी हुन सक्छ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

प्रतिक्रिया दिनुहोस्