काठमाडौं, २० भदौ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान आसपास र पूर्वमा दक्षिणतर्फ रहँदा आज ४ प्रदेशमा मुसलधारे वर्षा हुने सम्भावना छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो कोशी, वागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही तथा बाँकी प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै, कोशी र गण्डकीका केही ठाउँमा भारी वर्षाको पनि सम्भावना छ।
आज राति कोशी, मधेश, वागमती र लुम्बिनीका केही तथा बाँकी प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै, कोशी, मधेश र सुदूरपश्चिमका केही ठाउँमा भारी वर्षाको पनि सम्भावना छ।