काठमाडौँ, २१ फागुन । राष्ट्रपति निर्वाचनबारे छलफल गर्न आज आठ दलीय गठबन्धनको बैठक बोलाइएको छ ।
बैठक अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।
उक्त बैठकले पछिल्ला राजनीतिक घटनाक्रमसँगै राष्ट्रपति निर्वाचन र सरकारमा सहभागी हुने बारेमा छलफल गर्ने बताइएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जानकारी दिएको छ ।







