विराटनगर, २ चैत । वाणिज्य, आपूर्ति तथा उपभोक्त्ता संरक्षण कार्यालय विराटनगरले गएको आठ महिनामा ९८ लाख ४८ हजार राजस्व सङ्कलन गरेको छ ।
सो अवधिमा कार्यालयले नयाँ फर्म दर्ता एक हजार २१९, नवीकरण एक हजार ५०६, संशोधन ७३३ र १७६ खारेजी गरेको कार्यालय प्रमुख सन्तोष पोखरेलले जानकारी दिए ।
उनले चालु आर्थिक वर्षको आठ महिनामा ८७ अनुगमनबाट २५ वटा फर्म कारवाहीमा परी १० लाख २७ हजार जरिवाना असुल गरेको जानकारी दिए ।