Logo

आतङ्क मच्चाउने राँगोलाई गोली हानेर मारियाे



काठमाडौँ, १३ साउन । काठमाडौँको चन्द्रागिरि नगरपालिका-४ गोदामचौरमा एउटा राँगोलाई गोली हानेर मारिएको छ ।

थानकोट प्रहरीका अनुसार नेपालगञ्जबाट ल्याइएको राँगो थानकोटको खरीबोटमा आज बिहान साढे ३ बजेतिर झार्ने क्रममा भागेको थियो ।

राँगो त्रिभुवनपार्क, गोदामचौर हुँदै झन्डै तीन किलोमिटर भागेपछि बारीमा पसेको थियो । भागेर आतङ्क मच्चाएको राँगोलाई झन्डै चार घण्टापछि गोली हानेर मारिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्