बिर्तामोड, १४ माघ । आदर्श स्कुल अफ म्यानेजमेन्ट बिर्तामोडको आयोजना तथा सुरुवाती कोठा नेपाल झापा र प्यासिफिक एसिया ट्राभल एसोसिएसन स्टुडेन्ट च्यापटरको सह-आयोजनामा विद्यार्थीका लागि एकदिने पाठेघरको क्यान्सरसम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
स्त्रीरोग तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर प्रीयंका कटुवालले विद्यार्थीहरुलाई क्यान्सर बारेको जिज्ञासाको सहजीकरण गरेकी थिइन् ।
अंग्रेजी महिना जनवरीलाई पाठेघर क्यान्सर विरुद्धको अभियानका रुपमा मनाउने गरिए बमोजिम पाठेघरको क्यान्सर हुनै नदिनका बारेमा सहजीकरण गरिएको थियो । अतिकम बिकास भएका देशका महिलामा पाठेघरको क्यान्सर ज्यादा देखिन थालेको छ । कार्यक्रममा बालिका तथा किशोरीमा पाठेघरको मुखको क्यान्सर विरुद्धको खोपको जानकारी समेत दिएको थियो ।
किरण बस्नेतले व्यवस्थापन गरेको उक्त कार्यक्रममा विद्यार्थीहरु सेम्भी दाहाल, समीर धमला र मुना सेन्चेरीले पाठेघरको क्यान्सर बारेमा जिज्ञासा राखेका थिए ।
उक्त कार्यक्रमको सञ्चालन कलेजका अतिरिक्त क्रियाकलाप संयोजक दीपक दासले गरेका थिए ।