विराटनगर, १४ असार । आधा घण्टाका लागि स्थगित भएको कोशी प्रदेश सभाको बैठक अझै सुरु हुन सकेको छैन ।
आजको बैठकबाट मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिँदै छन् । त्यसका लागि उनले आज प्रदेश सभा बैठकमा विश्वास मतसम्बन्धी प्रस्ताव पेस गरिसकेका छन् । उनको प्रस्तावमा भाग लिँदै विभिन्न सांसदहरूले धारणा राखेका थिए ।
त्यसपछि सभामुखले आधा घण्टाका लागि बैठक स्थगित गरेका थिए । तर, झन्डै डेढ घण्टा बिते पनि बैठक सुरु हुन सकेको छैन ।





