Logo

आन्भीको ‘नाच्न मन लाग्यो मलाई’ गीत सार्वजनिक



काठमाडौँ, २१ फागुन । आन्भी पोडक्सनले आफ्नो दोस्रो वार्षिकोत्सबको क्रममा पासाङ डोल्मा पाखृनको ‘नाच्न मन लाग्यो मलाई’ बोलको गीत सार्वजनिक गरेको छ । आन्भी प्रोडक्सनले अफिसियल युटुब च्यानलमार्फत गीत सार्वाजानिक गरेको हो । सुमिना लोको आवाज, जोगलाल लामाको संगीत रहेको गीतलाई पासाङ डोल्मा पाखृनले लेखेकी हुन ।

दिपेश प्रधानले मिक्सिङ गरेको म्युजिक भिडियोलाई विशाल थापाले छायाँङ्कन,फराज अर्पणले कलर र सम्पादन, आन्भी प्रोडक्सनका अध्यक्ष , मोडल एंव निर्देशक अभि लामाले निर्देशन गरेका हुन । म्युजिक भिडियोमा अभि लामा, अनिता गोले र पूजा तामाङको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्